घरेलु हिंशाबिरुद्ध अमेरिकाको न्युजर्सीमा रेडसारी इभेन्ट, अमेरिकन समेत रातो सारीमा


प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार

अमेरिकाको न्युजर्सीको एउटा कार्यक्रममा सहभागी सबै महिलाहरुले रातो सारी लगाए । अमेरिकामा नेपाली र दक्षिण एसियाका महिलाहरुको शशक्तिकरणका पक्षमा महिलाका लागि महिला भन्ने भन्ने नाराका साथ रेड सारी इभेन्ट गरिएको हो ।

न्युजर्सीको जर्सी सिटीमा रहेको एचसीसीसी लाइब्रेरी भवनमा कार्यक्रम आयोजना गरिएको हो । न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको बोलो बेहेन अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’मा महिलाहरु रातो सारीमा उपस्थीत भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा बोल्दै अधिकारकर्मी डाक्टर बिष्णुमाया परियारले अमेरिकामा दक्षिण एसियाली मुलका महिलाहरुले भोग्नुपरेका हिंशा र त्यसका प्रकृतिबारे जानकारी दिदै सबै प्रकारका हिंशाबिरुद्ध आवाज उठाउनुपर्ने बताइन् ।

कार्यक्रममा न्युजर्सी विधानसभाका एसेम्बलीम्यान राज मुखर्जी, जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोयस वाटरम्यान, अध्यागमन मामलाका डिभिजन डाइरेक्टर माइक म्याकलियन, स्पेशल भिक्टिम युनिटको हड्सन काउन्टी कमाण्डर क्याप्टेन जाभियर तोरो, राष्ट्रसघंमा आवद्ध स्याण्डी हेकर, हडसन काउन्टीको बालबालिका र परिवार विभागका प्रतिनिधि वैदेही स्क्रीनिवासन लगायतको उपस्थीति रहेको थियो भने उनीहरुले पनि दक्षिण एसियाली तथा नेपाली महिलाहरुमाथि हुने घरेलुहिंशाबिरुद्ध ऐक्यवद्धता जनाएका थिए ।

कार्यक्रममा न्युजर्सी र न्युयोर्कका नेपाली महिलाहरु रातो सारीमा उपस्थीत भएका थिए । हरेक बर्ष गरिने यो कार्यक्रममा उपस्थीत नेपाली र दक्षिण एसियाली बाहेक अमेरिकन महिलाहरुले समेत ऐक्यवद्धताका लागि रातो सारी लगाउदै आएका छन् । महिलामाथि हुने हिंशाबिरुद्ध आवाज उठाउँदै आएको बोलो बहन अर्थात् स्पीक सिस्टरको उत्सवका रुपमा यो कार्यक्रम आयोजना गरिदै आएको छ ।

यो अभियान अन्तरगत हिन्दी, बंगाली, अँग्रेजी लगायतका भाषामा सेवा सुरु गरिएकोमा अब नेपाली भाषामा समेत सेवा विस्तार गरिसकिएको छ ।

न्यूजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंसाबाट पीडित भएका दक्षिण एसियाली महिलाहरुलाई निःशुल्क सेवा प्रदान गर्ने उद्धेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com