विद्यालयबाट ३० जना बालबालिका अपहरित


प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार

नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अपहरणमा परेका हुन् ।यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अपहरण गरेर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि पनि केही बालबालिका अपहरणमा परेका थिए ।

यहाँ सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले ती बालबालिका अपहरण गरी लगेको बताइएको छ । यद्यपि सो समूहले भने जिम्मेवारी लिएको छैन । यहाँ यसअघि पनि बोको हराम समूहले बालबालिकालाई विद्यालयबाट नै अपहरण गरी लग्ने गरेकाले यी ३० जना पनि सोही समूहले लगेको प्रहरीले अनुमान गरेको छ ।

उक्त विद्रोही समूहले विद्यालयबाट नै जबर्जस्त बालबालिकालाई अपहरण गरी लैजाने र आफ्नो विद्रोही समूहमा लगाउने गरेको छ । यहाँका प्रहरी अधिकारीले ती बालबालिकाको खोजी कार्य सुरु गरेको जनाएका छन् । सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com