बेलायतमा फेरि फैलियो कोरोना,एकै दिनमा ५० हजार जना सङ्क्रमित


प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहीबार

बेलायतमा कोेरोनाबाट एकै दिनमा करिब ५० हजार जना सङ्क्रमित भएका छन् । प्राप्त समाचाअनुसार गएको २४ घन्टायतामात्र यहाँ थप ४९ हजार १३९ जना कोरोना सङ्क्रमित भएका छन् ।

यहाँ तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै सख्यामा सङ्क्रमित भेटिएका बताइएको छ । बुधबार यहाँ यतिधेरै सङ्क्रमितहरु भेटिएपछि बेलायतका अधिकारीहरुले यहाँ कोरोना सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार पनि यहाँ ४९ हजार जना संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका थिए ।

यहाँ देखिएको यो संख्या महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा सङ्क्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख ८९ हजार पुगेको पनि जनाएका छन् ।स्वास्थ्य मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १७९ जनाको निधन भएको छ । यो समेतगरी १ लाख ३९ हजारभन्दा धेरै मानिसको यो संक्रमणबाट ज्यान गएको हो ।

महिनौँपछि ठूलो सङ्ख्याका सङ्क्रमित पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ । स्वास्थ्य अधिकारीले धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् ।यसै बीच बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले यहाँको सरकारलाई बेलायतमा हिँड्डूलमा कडाई गर्न तथा अन्य सामाजिक गतिविधिहरुमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com