बाढी–पहिरो : अवरुद्ध १३१ सडक अझै आएनन् ,पूर्णरूपले सञ्चालनमा


प्रकाशित मिति : आश्विन ३१, २०७८ आईतबार

वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ ।

सडक अवरुद्ध हुँदा  जनजीवन नै प्रभावित हुने भएकाले एकतर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार हतारमा एकातर्फ खुलाइएको सडकमा दुवैतर्फ खुलाउने र आवश्यक स्थानमा मर्मत र कालोपत्रेको काम अब गरिनेछ ।

अहिले एकातर्फबाट मात्रै सञ्चालनमा रहेका सडकमा ‘स्पेसिफिक’ काम गर्नुपर्ने भएकाले त्यो काम ठेक्का लगाएर सम्बन्धित डिभिजन सडक कार्यालयले गर्ने विभागले जनाएको छ । विभागलाई सडक पूरै अवरुद्ध हुँदा एकतर्फी खोल्न चाप हुने तर एकातर्फ खुलेपछि पैदल यात्रु र सवारीसाधन आवत जावत गर्न सक्ने भएकाले फुर्सदमा गर्न सकिने सम्भार महाशाखाका प्रमुखसमेत रहेका अधिकारीले बताए । उनले भने, “यी काम हामीले वर्षा सकिएपछि नै गर्दै आएका छौँ ।”

सडक नै पूरै ठप्प भएको ठाउँमा विभागले पहिले एकातर्फबाट खुलाउन प्राथमिकता दिन्छ भने सवारीसाधनको चाप धेरै भएका ठाउँमा मात्रै त्यही समयमा दुवैतर्फ खुलाउनैपर्छ । नारायणगढ–बुटवाललगायत पूर्व–पश्चिम राजमार्गमा दुवैतर्फ नखोल्दा समस्या हुनसक्ने तर पहाडी सडकमा एक लेनले पनि काम गर्ने उनले बताए । उनले भने, “हामीले सडकको अवस्था हेरेर तत्काल दुवैतर्फ खुलाउने कि एकातर्फ भनी निर्णय गर्दछौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतका वर्षभन्दा यो वर्ष वर्षाका कारण धेरै सडक बिग्रिएका थिए । यो वर्ष लामो समय भारी वर्षाका कारण सडकमा बढी क्षति पुगेको हो । क्षति पुगेकामध्ये अहिले कुनै पनि सडक ठप्प नै नरहेको विभागले जनाएको छ । असारदेखि नै अवरुद्ध रहेको लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक केही दिन पहिलेदेखि सञ्चालनमा छ । यो वर्ष बेँसीशहर–चामे, अरनिको राजमार्ग, गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी सडकमा बढी क्षति पुगेको थियो । यो वर्ष वर्षाका कारण २२६ सडक अवरुद्ध भएका थिए । तीमध्ये अहिले ९५ सडक दुवैतर्फ र १३१ सडक एकातर्फबाट सञ्चालनमा छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com