टेक्सासमा गर्भपतनबारेको कानून कार्यान्यन रोक्ने तल्लो अदालतको आदेश पुनरावेदनबाट ‘होल्ड’


प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार

टेक्सासमा गर्भपतनबारेको कानून कार्यान्यन रोक्ने डिस्ट्रिक्ट कोर्टको आदेश पुनरावेदन अदालतले ‘होल्ड’ गरिदिएको छ । पाँचौं सर्किट कोर्टले शुक्रबार राती दिएको आदेशमा डिस्ट्रिक्ट कोर्टका न्यायाधिस रोबर्ट पिटम्यानले गर्भपतनबारेको कानून कार्यान्वयनमा रोक लगाउँदै दिएको आदेशलाई ‘होल्ड’ गरिदिएको हो । डिस्ट्रिक्ट कोर्टले कानून कार्यान्वयनमा रोक लगाएपछि टेक्सासले पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो ।

डिस्ट्रिक्ट कोर्टको आदेशपछि टेक्सासका केही क्लीनिकहरुले ६ साताभन्दा बढीको गर्भ रहेकाहरुका लागि समेत गर्भपर्तन सेवा सुचारु गरेका थिए । अमेरिकाको टेक्सासले गर्भपतनबारेको अहिलेसम्मकै सबैभन्दा कडा कानून ल्याएपछि त्यसबारे विरोध र कानूनी लडाई जारी रहेको छ ।

उक्त कानून कार्यान्वयनमा रोक लगाउनका लागि सर्वोच्च समक्ष आपतकालिन अनुरोध गरिएकोमा सर्वोच्चले पनि कानून कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरिसकेको छ । जसका कारण टेक्सासलाई कानून कार्यान्वयनका लागि बाटो खुलेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वोच्चका ९ जना न्यायाधिसहरुमध्ये ५ जनाले टेक्सासको कानूनको समर्थन गरेका थिए भने ४ जना उक्त कानून कार्यान्वयनमा रोक लगाउनुपर्ने पक्षमा रहेका थिए । दुईजना रुढीबादी न्यायाधिसहरुलाई ३ जना ट्रम्प नियुक्त न्यायाधिसहरुले समर्थन गरेका थिए । तीनजना उदार न्यायाधिस र रुढीबादी धारका मानिने प्रधान न्यायाधिस जोन रोबर्टस भने टेक्सासको कानूनमा असहमत भएका थिए ।

टेक्सासको गर्भपतनबारेको कानूनबिरुद्ध टेक्सासको राज्य अदालत लगायतका अन्य कानूनी निकायमा मुद्दा दायरका लागि भने रोक लगाइएको थिएन । त्यसैले उक्त कानून कार्यान्वयनबिरुद्ध टेक्सासको डिस्ट्रिक्ट कोर्टमा मुद्दा दायर गरिएको थियो ।

यो कानून अनुशार अधिकांश मामलामा ६ साताभन्दा बढीको गर्भपतन गर्न नपाइने भएको छ । गत मे महिनामा पारित भएको यो कानून सर्वोच्च अदालतको नजिरसँग भने बाझिएको छ । सर्वोच्चको नजिरमा भ्रुण परिपक्व हुनु अगाडि गर्भपतन गर्न पाइने र राज्यहरुले त्यसमा रोक लगाउन नहुने उल्लेख छ । सामान्यतया २२ देखि २४ हप्तामा भ्रुण परिपक्व हुने भएकाले त्यो भन्दा अगाडि गर्भपतनका लागि सर्वोच्चले रोक लगाएको छैन ।

टेक्सासको कानून कार्यान्वयनमा आएपछि यदि ६ साताभन्दा बढीको गर्भपतन गराएको खण्डमा गर्भपतन सेवा उपलब्ध गराउनेबिरुद्ध मुद्दा दायर गर्न सकिन्छ । त्यस्तै गर्भपतनको लागि क्लीनिक लैजानका लागि सवारी दिने वा गर्भपतनका लागि आर्थिक सहायता गर्नेबिरुद्धपनि मुद्दा लाग्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com