यी हुन् विश्वकै शक्तिशाली पासपोर्ट, अमेरिकाको शक्तिशालीमा सातौं, नेपालको कमजोरमा सातौं


प्रकाशित मिति : आश्विन २०, २०७८ बुधबार

जापान र सिंगापुरको पासपोर्ट विश्वको पासपोर्ट सुचकांकमा पहिलो नम्बरमा आएका छन् । कोरोना महामारीका कारण कैयन देशहरुमा लगाइएको यात्रा प्रतिबन्धहरु खुकुलो हुँदै गएको बेलामा हेन्ली पासपोर्ट सुचकांकले यो सुची प्रकाशित गरेको हो ।

अगाडि नै भिसा नलिइकनै यात्रा गर्नसकिने देशहरुको संख्याको आधारमा यो सुची तयार गरिएको हो । अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट प्रदान गरिएको तथ्यांकका आधारमा यो सुची तयार गरिएको हो ।

जापान र सिंगापुरको पासपोर्टले विश्वका १९२ वटा देशमा पहिले नै भिसा नलिइ अर्थात् अन अराइभल भिसामा जान सकिन्छ । दक्षिण कोरिया र जर्मनी दोश्रो शक्तिशाली पासपोर्टका रुपमा रहेका छन् । यी पासपोर्टबाट १९० देशमा जान पहिले नै भिसा लिनुपर्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिनल्याण्ड, इटली, लक्जम्बर्ग र स्पेनको पासपोर्टबाट १८९ देशमा जान पहिले नै भिसा लिनु पर्दैन । यी देशको पासपोर्ट सुचीमा तेश्रो नम्बरमा छ । चौथोमा १८८ देश जान सकिने अष्ट्रिया र डेनमार्कको पासपोर्ट छ । पाँचौंमा फ्रान्स, आयरल्याण्ड, न्युजील्याण्ड, पोर्चुगल र स्वीडेनको पासपोर्टबाट पहिले नै भिसा नलिई १८७ देश जान सकिन्छ ।

छैठौंमा बेल्जियम, न्युजील्याण्ड र स्वीट्जरल्याण्डको पासपोर्ट रहेको छ । जसबाट १८६ देशमा जान पहिले नै भिसा लिनुपर्दैन । सातौंमा अमेरिका, यूके, नर्वे, माल्टा, ग्रिस र चेक रिपब्लिकको पासपोर्ट रहेको छ । यी पासपोर्ट वाहकले १८५ देशमा प्रवेशका लागि पहिले नै भिसा लिनु पर्दैन ।

आठौंमा १८४ देश पहिले नै भिसा नलिई जान सकिने अष्ट्रेलिया र क्यानडाका पासपोर्ट रहेका छन् । नवौंमा १८३ देश प्रवेश गर्न पहिले नै भिसा लिनु नपर्ने हंगेरी र दशौंमा १८२ देश प्रवेश गर्न पहिले नै भिसा लिनु नपर्ने लिथुवानिया, पोल्याण्ड र स्लोभाकिया रहेका छन् ।

अमेरिकी पासपोर्ट

सबैभन्दा कमजोर अफगानिस्तानको पासपोर्ट रहेको छ, जसबाट जम्मा २६ देशमा जान पहिले नै भिसा लिनु पर्दैन । त्यस्तै दोश्रोमा कमजोर २८ देश पहिले नै भिसा नलिई जान सकिने इराकको पासपोर्ट र तेश्रोमा कमजोर २९ देश पहिले नै भिसा नलिई जान सकिने सिरियाको पासपोर्ट रहेको छ । चौथोमा कमजोर ३१ देश जान सकिने पाकिस्तानको र पाँचौं कमजोर पासपोर्ट ३३ देश जान सकिने यमनको रहेको छ ।

३४ देश जान सकिने सोमालियाको पासपोर्ट सबैभन्दा कमजोरमा छैठौं नम्बरमा रहेको छ । नेपालको पासपोर्ट सबैभन्दा कमजोरमा सातौं नम्बरमा रहेकोछ । नेपालको पासपोर्टबाट विश्वका ३७ देशमा जान सकिन्छ । सातौंमा प्यालेष्टाइनी भूभागको पासपोर्ट पनि रहेको छ ।

उत्तर कोरिायाको पासपोर्ट कमजोरमा आठौं नम्बरमा रहेको छ । जसबाट ३९ देशमा जान पहिले नै भिसा लगाउनु पर्दैन । कमजोरमा नवौं नम्बरमा रहेका बंगालादेश, कोसोभो, लिबियाको पाुपोर्टबाट ४० वटा देशमा जान पहिले नै भिसा लिनु पर्दैन । दशौं नम्बरमा रहेको इरान, लेबनान, सुडान र श्रीलंकाका पासपोर्टबाट जम्मा ४१ वटा देशमा जान पहिले नै भिसा लिनु पर्दैन ।

पूरै सुची यहाँ हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com