न्युयोर्कबासीले नोभेम्बर २ को चुनावमा मतदानका लागि नाम दर्ता गर्ने डेडलाइन शुक्रबार


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

आगामी नोभेम्बर २ मा हुने चुनावमा मतदानका लागि न्युयोर्कबासीहरुले आगामी शुक्रबार अर्थात् अक्टोबर ८ भित्र मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरिसक्नुपर्ने डेडलाइन रहेको छ । चुनावको दिन उपस्थीत हुन नसक्नेहरुले अक्टोबर २३ देखि अक्टोबर ३१ सम्म न्युयोर्कमा आफ्नो केन्द्रमा गएर अग्रिम मतदान गर्न सक्नेछन् भने चुनावकै दिन उपस्थीत भएर मतदान गर्न चाहनेले आफ्नो क्षेत्रको मतदान केन्द्रमा गएर मतदान गर्नुपर्छ ।

आफ्नो नाम दर्ता गर्न, मतदान केन्द्र थाहा पाउन र अन्य विवरणका लागि यहाँ क्लीक गर्नुहोला ।

चुनावको दिन उपस्थीत हुन नसक्ने, अपांगता भएका, बिरामीहरुले अनुपस्थीत मतपत्रका लागि अनुरोध गर्न सक्नेछन् । मतपत्रका लागि अनुरोध आवेदन स्थानीय निर्वाचन कार्यालयमा पठाइसकेपछि मतपत्र प्राप्त गर्न सकिनेछ । उक्त मतपत्रमा मतदान गरेर हुलाकमार्फत पठाउन सकिनेछ । अक्टोबर १८ सम्म उक्त अनुरोध निर्वाचन कार्यालयमा प्राप्त भइसकेको हुनुपर्छ ।

न्युयोर्क सिटीमा यसपटक न्युयोर्क सिटीले मेयर, पब्लिक एड्भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेण्ट र सिटी काउन्सिल सदस्यहरुको चुनाव हुँदैछ ।
न्युयोर्क सिटीमा मेयरका लागि भएको डेमोक्रेटिक प्राइमरी चुनावमा एरिक आडम्स अत्यन्तै कडा प्रतिस्पर्धाका साथ विजयी भएकाले उनले नोभेम्बरमा हुने अन्तिम निर्वाचनमा पनि निर्वाचित भएर मेयर हुने लगभग पक्का भएको छ । डेमोक्र्याट्सहरुको नियन्त्रण रहेको न्युयोर्क सिटीमा डेमोक्रेटिक प्राइमरीमा निर्वाचित हुने उम्मेदबार नै मेयर हुने लगभग सुनिश्चित रहन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गरिबीबाट उठेर प्रहरी क्याप्टेनहुँदै ब्रुकलिन बोरो प्रेसिडेण्ट भएका एरिक आडम्स अब अमेरिकाको सबैभन्दा विशाल सिटी न्युयोर्क सिटीको दोश्रो अश्वेत मेयर हुने बाटोमा रहेका छन् । यो चुनावलाई न्युयोर्क सिटीको यो पुस्ताकै सबैभन्दा महत्वपूर्णमध्येको चुनाव भनिएको छ, जसबाट निर्वाचित हुने मेयर समक्ष कोरोना महामारीबाट क्षतिग्रस्त न्युयोर्क सिटीलाई पुनजीर्वित पार्ने तथा सिटीभित्रको सामाजिकआर्थिक तथा विभेदपूर्ण असमानतालाई सम्बोधन गर्नुपर्ने दायीत्व रहेको छ ।

पछिल्लो चरणमा न्युयोर्क सिटीभित्र बढेका गोलीकाण्ड र अपराधका घटनाले गर्दा न्युयोर्क सिटीलाई सुरक्षित बनाउनुपर्ने दायीत्व अझै धेरै बढेको छ । कानून कार्यान्वयन पृष्ठभूमिका एरिक आडम्सले शान्ति सुरक्षा कायम गर्ने सन्दभएको एजेण्डामा न्युयोर्कबासीको मन जित्न सफल भएका थिए ।

एरिक आडम्स न्युयोर्कमा रहेका नेपालीमाझ समेत लोकप्रिय रहेका छन् । उनलाई नेपाली समुदायका तर्फबाट इन्डोर्स समेत गरिएको थियो ।साथै नेपाली समुदायले समेत उनलाई चुनावी अभियानका क्रममा फण्डरेजमा सहयोग गरेका थिए ।

आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग समेत गरेका थिए । साथै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहेका थिए ।

न्युयोर्कमा नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र ज्याक्सनहाइट र एल्महस्र्ट लगायतलाई समेटेको डिस्ट्रिक्ट २५ बाट डेमोक्रेटिक प्राइमरीमा शेखर कृष्नन विजयी भएकाले उनी नोभेम्बर २ को अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । डेमोक्र्याट्सको बाहुल्य रहेको यस क्षेत्रमा उनको जित लगभग सुनिश्चित रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com