प्रदेश–२ : ‘नो मास्क, नो सर्भिस’


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै  सप्तरी राजविराजमा माक्स प्रयोग सुनिश्चितता शुभारम्भ गरिएको छ । प्रदेश–२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा राजविराजस्थित गजेन्द्र चौकमा आजदेखि सो अभियान सुरु गरिएको हो ।

कार्यक्रममा ‘नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क इन्ट्री’ नाराका साथ प्रदेश सरकारले कोरोनाबाट जोगाउन नागरिकहरुलाई मास्क वितरण गर्न लागिएको जानकारी दिइएको थियो ।

प्रदेश सरकारका समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना महामारीबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले गरिब जनताका लागि प्रदेश सरकारले निःशुल्क मास्क उपलब्ध गराउने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दसँै, तिहार तथा छठ पर्वमा भीडभाड कमी गर्न र टोलटोलमा मास्कको प्रयोगबारे अभियान जारी राख्न आग्रह गर्नुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा राजविराज नगरपालिका नगरप्रमुख शम्भु यादव, प्रदेश नं २ निर्देशनालय स्वास्थ्य निर्देशक विजयकुमार झा, नागरिक समाज थान सिंह भन्साली, प्रमुख साधना झा, नेपाल रेडक्रस सोसाइटी अध्यक्ष जोगेन्द्र भगत र सुरक्षा निकाय सप्तरी युथ नेपाल सबल नेपाल युनिसेफलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । यसैगरी तपाईंको मास्क खै रु भन्दै उहाँहरुले निःशुल्क मास्क वितरणसमेत गर्नुभएको थियो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com