फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकैपटक अबरुद्ध, ट्वीटरमार्फत फेसबुकले माग्यो माफी
प्रकाशित मिति : आश्विन १८, २०७८ सोमबार
आज फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकैपटक घण्टौं अबरुद्ध भए । न्युयोर्क समय अनुशार मध्यान्ह १२ बजेदेखि यी तीनवटै एप्लीकेशनहरुमा समस्या आएको थियो ।
यी तीनवटै एप्लीकेशनहरु फेसबुकको माताहतमा संचालन हुदै आएका छन् । तीनवटै एप्लीकेशनले एकैपटक काम गर्न छाडेको जनाइएको छ । सोही समुहका फेसबुक वर्कप्लेस लगायतमा प्लेटफर्ममा पनि समस्या आएको थियो ।

के कारणले समस्या आएको हो भन्नेबारे केही बताइएको छैन ।
एप्लीकेशनहरुमा आएका समस्याका कारण प्रयोगकर्ताहरुले फिड रिफ्रेस गर्न र पोष्ट गर्न पाएका थिएनन् ।
मोबाइल एप्लीकेशनमात्र नभई ब्राउजरबाट पनि फेसबुक र इन्स्टाग्राम खुलेका थिएनन् ।
We’re aware that some people are having trouble accessing our apps and products. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.
— Facebook (@Facebook) October 4, 2021





