बर्लिनको पर्खाल ढलेको ३२ बर्ष, तर अदृश्य पर्खाल भने कायमै


प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार

बर्लिनको पर्खाल ढलेको ३२ बर्ष पूरा भएको छ । सन् १९८९ को नोभम्बर ९ मा ढालिएको थियो बर्लिनको पर्खाल । तर पर्खाल ढलेको ३२ वर्ष पूरा हुन लाग्दा पनि मनभित्रको अदृश्य पर्खाल भने अझै कायमै छ । एउटा अदृश्य पर्खालले अहिले पनि जर्मनीलाई विभाजित बनाइरहेको छ ।

३२ बर्ष अगाडि बर्लिनको पर्खाल ढल्दा त्यसको कम्पनले सम्पूर्ण युरोपमा तरंग फैलिएको थियो भने पूर्वी जर्मनीमा आशाको लहर फैलिएको थियो । कम्युनिष्ट जर्मन डोमेक्रेटिक रिपब्लिकले पूर्वी जर्मनीका लागि यात्रा प्रतिबन्ध हटाएको घोषणा गरेको केही मिनेटमा नै बर्लिनको पर्खाल ढालिएको थियो । स्वतन्त्रता र एकताको भावनाले पूरै युरोप तरंगित भएको थियो ।

अहिले पनि पूर्वी र पश्चीम जर्मनीबीच सोंच र दृश्टीकोणमा निकै भिन्नता रहेको छ । अहिले पनि पूर्वी जर्मनीका नागरिकहरुले आफूलाई दोश्रो दर्जाको नागरिक सरह अनुभव गर्छन् । जर्मनीका ५ सय मध्ये जम्मा ३६ ठूला कम्पनीका मुख्यालयहरु पूर्वी जर्मनीमा छन् । सामाजिक अवस्थादेखि जनस्तरसम्म पूर्वी जर्मनीको अवस्था निकै कमजोर रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिमेन्ट र इँटाद्धारा बनाइएको पर्खाल ३२ बर्ष अघि भत्काइए पनि जर्मनहरुको मनभित्रको पर्खाल भने उस्तै छ । पूर्वजर्मनीमा लोकतन्त्रको मान्यता थिएन, पश्चिमाहरुको भनाइ अनुसार त्यहाँ कानूनी राज्य थिएन । तर पूर्वजर्मनहरुले भने पर्खाल भत्काइएपछिको आज ३२ बर्ष हुँदासम्म पनि बिभेदको अन्त नभएकाले आफूहरुलाई निराश गराएको बताउँछन् ।

उनीहरुका अनुसार जर्मनी एकता भनियो । तर, एकताको नाममा पर्व जर्मनीका राम्रा पक्षहरु पनि फालियो र पश्चिमका गलत पक्षहरुलाइ पूर्ब जर्मनीमा जबर्जस्ती लादियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com