अमेरिकी बैंकमा ६ सय डलरभन्दा बढीको कारोबार आईआरएसले निगरानी गर्नेबारेको नियम के हो ?


प्रकाशित मिति : आश्विन १६, २०७८ शनिबार

अमेरिकामा ६ सय डलरभन्दा बढीको बैंक कारोबार आईआरएसले निगरानी गर्ने नियमका सन्दर्भमा बहसहरुमात्र भएका छैनन्, भ्रमहरुसमेत श्रृजना भएका छन् । बाइडेन प्रशासनले प्रस्ताव गरेको करबारेको नयाँ कानूनपछि यसबारे बहस र भ्रमहरु उत्पन्न भएका हुन् ।

बाइडेनको ट्रेजरी डिपार्टमेन्टले अमेरिकाका सबै बैंकमा हुने ६ सय डलरभन्दा माथिका कारोबारहरु आइआरएसले निगरानी गर्ने शीर्षकका कैयन समाचारहरु आएका छन् । बैंक एकाउन्टमा हुने कारोबारहरुमा आईआरएसको सिधा पहुच कायम हुने त्रास सेवाग्राहीहरुमा बढेको छ ।

यी दावीहरु तथ्यमा नै आधारित रहेपनि कतिपय विवरणहरु भने बढाईचढाई समेत गरिएका छन् । अहिलेसम्म बाइडेन प्रशासनले यसबारे कुनै निर्णय गरिसकेको छैन, केवल प्रस्तावमात्र अगाडि सारेको हो । ट्रेजरी डिपार्टमेन्टले कानूनमा कुनै परिवर्तन गर्न सक्दैन । केबल संसदलेमात्र सक्छ । यदि बाइडेन प्रशासनको प्रस्ताव कार्यान्वयनमा आएपनि बैंकले हरेक एउटाएउटा कारोबार आईआरएसलाई रिपोर्ट गर्नुपर्ने छैन ।

तर बाइडेन प्रशासनको प्रस्ताव कार्यान्वयनमा आएमा भने अमेरिकाका बैंकहरुले बार्षिक ६ सयभन्दा बढी कारोबार हुने बैंक एकाउन्टहरुमा आईआरएसको पहुच दिनेछन् । अर्थात् बैंक एकाउन्टमा बार्षिक कति रकम आयो र कति रकम खर्च भयो भन्ने एकमुष्ठ विवरणमा आईआरएसको पहुच हुनेछ । तर ६ सय डलरमाथिका हरेक कारोबार वा खर्चमा भने आईआरएसको पहुच कायम हुने होइन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रेजरी सेक्रेटरी जानेट यलेन

यदि कसैको बैक एकाउन्टमा पेपल वा अन्य एप्लीकेशनबाट बार्षिक ६ सय डलरभन्दा बढी रकम आएको छ भने पनि बार्षिक एकमुष्ठ रकमबारे बैंकले आईआरएसलाई विवरण दिनेछ । बैंकले कसलाई कति रकम दिइयो, कुन शीर्षकमा कति खर्च भयो, कुन शीर्षकमा कति आम्दानी भयो भन्नेबारे विस्तृत विवरणमा भने आईआरएसलाई पहुच दिनेछैन ।

बार्षिक रुपमा बैंकमा कति रकम आयो र कति रकम खर्च भयो भन्ने विवरणले व्यक्ति वा संस्थाले आईआरएसमा ट्याक्स फाइल गर्दा भरेको विवरणसँग मेल नखाएमा वा ठूलो अन्तर देखिएमा आईआरएसले त्यस्ता व्यक्ति वा कम्पनीको विवरण अडिट गर्नसक्नेछ । कतिपयले बैंकमा ठूलो कारोबार हुने तर ट्याक्स फाइल गर्दा कम आम्दानीमात्र रिपोर्ट गर्ने देखिएकाले बाइडेन प्रशासनले यस्तो नियम प्रस्ताव गरेको हो ।

ट्याक्सबारेका विज्ञहरुले कारोबार थ्रेसहोल्ड ६ सयडलरमात्र राख्नु अत्यन्तै कम भएको बताएका छन् । ६ सयडलरभन्दामा माथि कारोबार हुने बैंकको बार्षिक कारोबारमा आईआरएसलाई पहुच दिनु उपयुक्त नहुने र ठूला कारोबार हुने बैंकका बार्षिक कारोबारमा मात्र आईआरएसले पहुच दिनु उपयुक्त हुने विज्ञहरु बताउँछन् । कतिपयले अमेरिकाको आर्थिक गोप्यताबारे सरकारले उछिन्न खोजेको आरोप लगाएका छन् ।

यो नियम स्वीकृत भएको खण्डमा सन् २०२२ को डिसेम्बर ३१ पछि लागु हुनेछ । प्रस्तावित नियम लागु हुनका लागि संसदबाट पारित हुनुपर्ने जनाइएको छ । नेब्रास्काले बाइडेन प्रशासनको यो नियम पालना नगर्ने घोषणा गरिसकेको छ । नेब्रास्का राज्यका ट्रेजर जोन मुरान्टेले बाइडेन प्रशासनले आफूबिरुद्ध मुद्दा दायर गरे त्यसलाई झेल्ने तर नेब्रास्काका जनताको आर्थिक गोप्यतामा कुनै समझदारी नगर्ने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com