न्युजर्सीमा दोश्रो तल्लाबाट फ्याकिएको १ महिनाको बच्चा भूईमा खस्न नपाउँदै प्रहरीको हातमा
प्रकाशित मिति : आश्विन ३, २०७८ आईतबार
अमेरिकाको न्युजर्सीको जर्सीसिटीमा दोश्रो तलाको बरण्डाबाट खसेको एकमहिनाको बच्चालाई एकजना प्रहरी अधिकारीले भूईमा खस्न नपाउँदै बीचमै समाउन सफल भएका छन् । एकजना व्यक्तिले बच्चालाई दोश्रो तल्लाबाट खसाउने धम्की दिइरहेकोबारे आएको फोनकलपछि तत्काल त्यहाँ पुगेका प्रहरीले दोश्रो तल्लाबाट फ्योकेको बच्चा समाउन सफल भएका हुन् ।
प्रहरीले सुरुमा बच्चा फ्याक्ने व्यक्तिलाई मनाउन प्रयास गरेका थिए । तर उक्त व्यक्तिले अन्तत बच्चा फ्याकेर छाडेको थियो । मेयर स्टेभन फुलोपले आफ्नो इन्स्टाग्राम पोष्टमा उक्त घटनाबारे पोष्ट गरेका छन् । प्रहरी अधिकारी इडुवार्डो माटुटेले उक्त बच्चा समाउन सफल भएका हुन् ।
अभियोजनकर्ताको कार्यालयले उक्त घटनाबारे उल्लेख गर्दै बच्चालाई बचाउन सफल प्रहरीको कार्यलाई बहादुरीपूर्ण बताएको छ । बच्चा फ्याक्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । बच्चा फ्याक्ने व्यक्तिबिरुद्ध हत्या प्रयास, आक्रमण र बच्चाको जीवनलाई खतरामा पारेको लगायतका अभियोगहरु लगाइएको छ ।
JCPD officers went above and beyond the call of duty once again, saving the life of a 1 month old baby under extremely stressful circumstances today. Thank you to all of our #JCPD officers for your service. pic.twitter.com/7SZYuihatq
— City of Jersey City (@JerseyCity) September 18, 2021
बच्चालाई नजिकैको अस्पतालमा लगिएको थियो । तर स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएपछि डिस्चार्ज गरिएको थियो । जर्सी सिटीले प्रहरी अधिकारी माटुटेले बच्चा समाएको तस्वीर पोष्ट गर्दै उक्त कार्यको प्रशंसा गरेको छ ।