काबुलमा सर्वसाधारण मारिनेगरी भएको अमेरिकी ड्रोन हमला ‘दुखद गल्ती’ भएको अमेरिकाबाट स्वीकार


प्रकाशित मिति : आश्विन २, २०७८ शनिबार

अफगनिस्तान छाड्नु अगाडि अमेरिकाले अगस्त २९ मा काबुलमा गरेको ड्रोन हमलामा कुनै आईसीसस केका सदस्यहरु मारिएको सम्भावना नरहेको अमेरिकाको केन्द्रीय कमाण्डका प्रमुख जनरल केनिथ मेकेन्जीले बताएका छन् । गाडीमा मारिएकाहरु आईसीस केसँग सम्बन्ध भएका र अमेरिकाका लागि सुरक्षा खतरा रहेका व्यक्ति भएको कुनै सम्भावना नरहेको उनको भनाई छ ।

उनले यो घटनालाई दुखद गल्तीका रुपमा स्वीकार गरेका छन् । सुरुमा यो हमलालाई काबुलमा विमानस्थलमा हुनसक्ने सम्भावित हमलालाई निष्तेज पार्नका लागि गरिएको हमलाका रुपमा बताइएपनि यो एउटा गल्ती भएको र आफूले यसका लागि क्षमा माग्ने मेकेन्जीको भनाई छ । अमेरिकाले उक्त ड्रोन हमलाबाट विमानस्थलमा हुनसक्ने आक्रमणलाई रोकेको बताउदै आएको थियो ।

तर अमेरिकी सेनाले गल्तीले उक्त हमलामा सर्वसाधारणहरु मारिएको न्युयोर्क टाइम्स लगायतका संचारमाध्यमहरुले गरेको अनुसन्धानबाट खुलेको थियो ।

के भएको थियो अगस्त २९ मा काबुलमा ?

१३ जना अमेरिकी सेनासहित १६३ जना अफगानीको ज्यान जानेगरी विमानस्थलमा भएको बिष्फोटपछि अगस्त २७ मा अमेरिकी सेनाले ड्रोन आक्रमण गरेर आईसीसका २ जनालाई मारेको बताएको थियो । त्यसको २ दिनपछि अगस्त २९ मा अमेरिकाले काबुलमा अर्को ड्रोन आक्रमण गरेर विमानस्थलमा हुनसक्ने सम्भावित हमलालाई टारेको दावी गरेको थियो । पेन्टागनले अर्को बम आक्रमण रोक्न  सफल भएको बताएपनि अगस्त २९ को हमलामा आईसीसका कोही सदस्य नरहेको बरु निशानामा सर्वसाधारण परेको पुष्टी गर्ने प्रमाणहरु बाहिर आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त हमलामा अमेरिकी सहायता समुहमा काम गर्ने निर्दोष व्यक्ति र उनको परिवार निशानामा परेको थियो । अमेरिकाले बिष्फोटक पदार्थ लोड गरिरहेका आईसीस सदस्यमाथि निशाना बनाएको र नजिकै रहेका ९ जना सर्वसाधारणहरु मारिएको बताएपछि न्युयोर्क टाइम्सले प्रकाशित गरेका भिडियो र बयानका आधारमा हेर्दा त्यहाँ आईसीसका सदस्यहरु नै नरहेको तथा सर्वसाधारण जेमारी अहमादी र उनका ९ जना परिवारका सदस्यहरु नै निशानामा परेर मारिएको देखिएको थियो । मारिनेहरुमा ७ जना बालबालिकाहरु रहेका थिए ।

अहमादीले १४ बर्षदेखि क्यालिफोर्नियामा रहेको परोपकारी समुहमा काम गर्दै आएका थिए जसले भोका अफगानीहरुलाई खुवाउने काम गर्दै आएको थियो । उक्त परोपकारी संस्थाले अहमादीलाई अमेरिकामा बसाई सर्नका लागि शरणार्थीका रुपमा आवेदन प्रकृया समेत अगाडि बढाएको थियो । नयाँ फुटेजमा अहमादीले आफूले काम गर्ने अफिसमा पानीका कन्टेनरहरु भरेर घरतिर ल्याउँदै गरेको देखिएको थियो । उनी बस्ने स्थानमा पानीको अभाव भएकाले उनले अफिसबाट पानी ल्याउँदै गरेका थिए ।

त्यसदिन अहमादी अफिसबाट कामदारहरुलाई घर लैजाने काममा सहभागी रहेका थिए । अहमादी र उनका साथीले गाडीमा पानीका कन्टेनरहरु लोड गरिरहदा अमेरिकी सेनाले बिष्फोटक पदार्थ लोड गरेको आशंका गरेको हुनसक्ने न्युयोर्क टाइम्सले सार्वजनिक गरेका भिडियो र अन्तरवार्ता लिएका एकदर्जनभन्दा बढी व्यक्तिको भनाइबाट देखिएको थियो । अमेरिकी सेनाले सुरुमा ड्रोन हमलामा ३ जना सर्वसाधारणको ज्यान गएको बताएपनि वास्तवममा १० जना सर्वसाधारणको ज्यान गएको पुष्टी भएको थियो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com