चीन र अमेरिकासँगको २० बर्षदेखिको सन्तुलित सम्बन्ध अन्त्य गर्दै अष्ट्रेलियाले छान्यो अमेरिका


प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार

चीन र अमेरिकासँगको २० बर्ष भन्दा लामो समयदेखिको सन्तुलित सम्बन्ध अन्त्य गर्दै अष्ट्रेलियाले अमेरिकालाई छानेको छ । अष्ट्रेलियाले अहिलेसम्म दुबैदेशसँग राम्रो सम्बन्ध स्थापित गर्नका लागि सन्तुलित रुपमा अगाडि बढेपनि बिहिबार यूके र अमेरिकासँगको नयाँ परमाणु सम्झौता घोषणासँगै अष्ट्रेलियाले वासिंटन डिसीलाई छानेको हो ।

बेइजिङको साटो वासिंटनलाई छानेपछि कतिपय विज्ञहरुले अष्ट्रेलियाले चीनसँग अनावश्यक दुश्मनी गरेको समेत बताएका छन् । चीन अष्ट्रेलियाको एउटा ठूलो ब्यापार साझेदार रहेपनि सुरक्षाका लागि अमेरिकामाथि अत्याधिक निर्भर बनाउँदा इन्डो प्योसेफिकमा तनाव उत्पन्न हुने अनुमानहरु गरिएको छ ।

पछिल्ला बर्षहरुमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सुरक्षा साझेदारका रुपमा अमेरिकासँग नजिकको सम्बन्ध बनाउदै आएका छन् । विगतका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यक्तिगत सम्बन्ध स्थापित गरेका उनले वर्तमान राष्ट्रपति जो बाइडेनसँगपनि त्यस्तो खालको सम्बन्ध स्थापित गर्ने प्रयास गरिरहेका छन् ।

अमेरिकासँग सुरक्षा सम्बन्ध विस्तार भइरहँदा अष्ट्रेलिया र चीनबीचको सम्बन्ध खराब हुँदै गएको थियो । तर जब कोरोना भाइरसको उत्पत्तिको सन्दर्भमा प्रश्नहरु उठे, तब सम्बन्ध अझ खराब हुँदै गएको हो । बिहिबार चीनले अष्ट्रेलिया, यूके र अमेरिकाबीचको परमाणु सम्झौताबारे आक्रोशपूर्ण प्रतिकृया दिइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनले अमेरिका, अस्ट्रेलिया र यूकेबीच भएको नयाँ परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र यूकेको निर्णयलाई गैरजिम्मेवार कार्य भनेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन

यो सम्झौताले गम्भीर रूपमा क्षेत्रीय शान्ति र स्थायित्वलाई हानी गर्ने र हतियारको दौडलाई तीव्र बनाउने उनको भनाई छ । यूके, अमेरिका र अस्ट्रेलियाले गरेको परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने विशेष सुरक्षा सम्झौता चीन लक्षित रहेको बताइएको छ।

सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ। इन्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट चीन्तित अमेरिका, यूके र अष्ट्रेलियाबीचको ओकस भनिने यो सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर पक्ष समेट्नेछ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्झौतालाई ऐतिहासिक बताएका छन् । यो सम्भौता अनुरुप तीन देशहरुले साइबर सुरक्षा, उन्नत प्रविधि र रक्षाका सन्दर्भमा आधुनिक सुरक्षा चुनौतीहरुको सामना गर्न समन्वय गर्ने बैठकहरु आयोजना गर्नेछन् । अमेरिका र यूकेले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधिका लागि अष्ट्रेलियालाई सहयोग गर्नेछन् । जसलाई अष्ट्रेलियाको सैन्य आर्सनलमा महत्वपूर्ण बृद्धिका रुपमा हेरिएको छ ।

२० बर्षभन्दा लामो समयदेखि अमेरिका र चीनबीचको सन्तुलित सम्बन्ध अगाडि बढाउने क्रममा कैयन रोचक परिघटनाहरु समेत भएका थिए । सन् २००३ मा अष्ट्रेलियाको संसदमा अमेरिका र चीनका नेताहरु जर्ज बुस र हु जिन्ताओले एकपछि अर्को सम्बोधन गरेका थिए । सन् २०१४ को नोभेम्बरमा चीनका राष्ट्रपति सी जिनपिङले अष्ट्रेलियाको भ्रमण गर्दै दुईदेशबीचको सम्बन्धको प्रशंसा गरेका थिए । त्यतीबेला चीनको प्रसिद्ध जनावर कोअला भालुसँग फोटो समेत खिचिएको थियो ।

अष्ट्रेलियाको अर्थतन्त्रमा चीनकसँगको सम्बन्धबाट ठूलो फाइदा भएको थियो । चीनको आकर्षक बजारले विश्वब्यापी बित्तिय संकटको समयमा अष्ट्र्रेलियालाई मन्दीबाट जोगाएको कतिपय अर्थशास्त्रीहरु बताउँछन् । तर अब अष्ट्रेलिया चीनसँगको सम्बन्धमा फर्कने कुनै सम्भावना नरहेको बताइन्छ ।

यूके र अमेरिकासँगको यो सम्झौतापछि अष्ट्रेलिया परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि संचालन गर्ने विश्वको सातौ मुलुक हुनेछ । अमेरिका, यूके, चीन, रसिया, फान्स र इन्डियाले यो प्रविधि संचालन गरिरहेका छन् । तर यसले अष्ट्रेलियाको सैन्य क्षमताको निर्भरता अमेरिकामाथि बढाउने विज्ञहरु बताउँछन् ।

घरेलु परमाणु उद्योगविना अष्ट्रेलियाले अमेरिकाबाट इन्धन ल्याउनका लागि बाध्य हुनेछ । त्यस्तै पनडुब्बी संचालनका लागि अतिरिक्त अतिरिक्त प्राविधिक क्षमता र तालिमका लागि पनि अमेरिकाको भर पर्नुपर्नेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com