अमेरिकी दूतावासहरुले निश्चित प्रकारका विद्यार्थी भिसा ‘विना अन्तरवार्ता’ जारी गर्ने


प्रकाशित मिति : भाद्र ३०, २०७८ बुधबार

अमेरिकी दूतावास काठमाडौं

अमेरिकाकी दूतावास र कन्सुलेटहरुले यो बर्षको अन्तिमसम्म निश्चित प्रकारका विद्यार्थी भिसा विना अन्तरवार्ता नै जारी गर्ने भएका छन् । अमेरिकी विदेशमन्त्रीले दिएको अधिकार अनुशार विदेश मन्त्रालयको व्यवस्थापन तथा साधनश्रोत विभागका सहायक सेक्रेटरीले कन्सुलर अफिसरहरुलाई निश्चित प्रकारका विद्यार्थी भिसा विना अन्तरवार्ता जारी गर्न स्वीकृति प्रदान गरेका हुन् ।

निश्चित प्रकारका एफ, एम र जे भिसा अब कन्सुलर अफिसरहरुले सन् २०२१ को डिसेम्बर ३१ सम्म विना अन्तरवार्ता नै जारी गर्न सक्नेछन् अर्थात् अन्तरवार्ताका लागि छुट प्रदान गर्न सक्ने भएका छन् । यो श्रेणीमा विद्यार्थीहरु, प्रोफेसरहरु, रिसर्च स्कलरहरु, छोटो समयका लागि जाने स्कलरहरु र विशेषज्ञहरु समेत पर्दछन् । निश्चित अपवादका बाबजुत उनीहरुलाई अन्तरवार्ताका लागि उपस्थीत नभइकनै भिसा जारी गरिनेछ ।

कस्ले पाउनेछन् विना अन्तरवार्ता भिसा ?

विगतका कुनै पनि प्रकारको भिसा जारी भएका एफ, एम र जे भिसाका आवेदकहरुले विना अन्तरवार्ता नै भिसा पाउन सक्नेछन् । अर्थात् विगतमा सोही श्रेणीको भिसा जारी भएको नभएपनि उनीहरुलाई भिसा अन्तरवार्तामा छुट दिन सकिनेछ । उदाहरणका लागि विगतमा भिजिटर भिसा पाएको व्यक्तिले अहिले विद्यार्थी भिसा एफका लागि आवेदन दिएको खण्डमा उसले विना अन्तरवार्ता भिसा पाउन सक्नेछ ।

तर विगतमा भिसाका लागि आवेदन दिएर अस्वीकृत भएको भने हुनुहुँदैन । त्यस्तो अस्वीकृतिमा विजय प्राप्त गरेको भएमा वा सुविधा प्राप्त गरेको भएमा भने त्यस्ता व्यक्तिले विना अन्तरवार्ता एफ, जे र एम श्रेणीको भिसा पाउन सक्नेछन् । जसको अर्थ, भिसाको लागि आवेदन दिएको तर सुरुमा अस्वीकृत भएपनि पछि स्वीकृत भएको भएमा वा छुट प्राप्त गरेको भएमा त्यस्ता व्यक्तिले अहिले अन्तरवार्तामा छुट पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिसा वेभर कार्यक्रम अन्तरगत पर्ने देशका विद्यार्थी भिसा आवेदकले भने पहिलो पटक आवेदन दिएको भएतापनि विना अन्तरवार्ता भिसा प्राप्त गर्न सक्नेछन् । ३ दर्जन भन्दा बढी देशहरुलाई अमेरिकाले भिसा वेभर कार्यक्रम अन्तरगत राखेको छ । जसमा नेपाल भने छैन । अर्थात् नेपालीहरुले पहिलोपटक विद्यार्थी भिसाका लागि आवेदन दिएको भएमा अन्तरवार्ता दिनुपर्नेछ तर विगतमा कुनै पनि प्रकारको भिसा पाएको भएमा भने अन्तरवार्ता छुट पाउन सक्नेछन् ।

कुन देशमा कसरी आवश्यक प्रकृया चाल्ने भन्ने सन्दर्भमा दूतावासहरुले सुचना जारी गर्ने जनाइएको छ । नेपाल लगायत भिसा वेभर कार्यक्रम अन्तरगत नपर्ने देशको विद्यार्थी भिसा आवेदक विगतको भिसा पाउँदा १४ बर्षभन्दा कम उमेरको थियो भने उनीहरुका लागि बायोमेट्रिक दिनुपर्ने हुनसक्छ तर उनीहरुले पनि अन्तरवार्तामा भने छुट पाउनसक्नेछन् ।

कोरोनाको महामारीका कारण रोक लगाइएका देशहरुबाट पनि एफ, एम र जे भिसामा राष्ट्रिय रुची अपवाद अनुशार अमेरिका प्रवेशका लागि अनुमति दिइनेछ । एफ र एम भिसा भिसावाकहरु स्वत अमेरिका प्रवेशका लागि योग्य हुनेछन् । जे भिसा वाहकले भने राष्ट्रिय रुची अपवाद प्राप्त गर्नका लागि नजिकको दूतावास वा कन्सुलेटमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले जारी गरेको सुचनाको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com