५६७ मिटर लामो नेपालको झोलुंगे पुलले पायो नामः गण्डकी गोल्डेन ब्रिज, नेपालीमा गण्डकी सुनौलो झुला


प्रकाशित मिति : भाद्र २३, २०७८ बुधबार

बागलुङ–पर्वत जोड्नेगरी कालीगण्डकीमाथि निर्माण भएको ५६७ मिटर लामो झोलुंगे पुलले औपचारिक नाम पाएको छ । अब यो पुलको नाम अँग्रेजीमा गण्डकी गोल्डेन ब्रिज र नेपालीमा गण्डकी सुनौलो झुला भएको छ ।

बागलुङ नगरपालिकाले पुलको नामबारे सुझावका लागि आवेदन आव्हान गर्नुका साथै २५ हजार रुपैयाको पुरस्कार समेत राखेको थियो । त्यसबाट १० वटा नामहरु छानिएकोमा बागलुङ नगरपालिकाको बैठकले घनश्याम सापकोटाले सुझाएको नाम स्वीकृत गरेको हो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वको सबैभन्दा लामो झोलुंगे पुलको दाबी गर्दै नगरपालिकाले निवेदन दिएको छ। तर गिनिज बुकमा दर्ता हुन भएको ढिलाईका कारण अहिले पोर्चुगलको आरोकामा रहेको ५१६ मिटर लामो पुलले पैदलयात्रीहरु हिड्ने सिंगल स्पान भएको विश्वकै लामो झोलुंगे पुलका रुपमा चर्चा पाइरहेको छ ।

पोर्चुगलको आरोकामा निर्माण सम्पन्न पैदलयात्री हिँड्ने ५१६ मिटर लामो पुल

तर  झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङमा बागलुङ–पर्वत जोड्नेगरी कालीगण्डकीमाथि निर्माण भएको पैदलयात्री हिड्ने सिंगल स्पानको पुल ५६७ मिटर लामो रहेको छ । जुन अहिले पोर्चुगलमा निर्माण गरिएको विश्वकै लामो भनिएको पुलभन्दा ५१ मिटर लामो रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वीजरल्याण्डको ४९४ मिटर लामो झोलुङ्गे पुल

सिंगल स्पान प्रबिधिमा बनेको पैदलयात्री हिड्ने झोलुङ्गे पुलमध्ये यसअघि स्वीजरल्याण्डमा ४९४ मिटर लामो झोलुङ्गे पुललाई विश्वकै लामो बताइदै आएको थियो । सन् २०१७ मा गिनिज बुकमा दर्ता भएको रेकर्ड अनुशार स्वीट्जरल्याण्डको चाल्र्स कुओनेन नामको झोलुङ्गे पुल ६५ सेन्टिमिटर चौडाईको रहेको छ ।

नेपालकै कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको दोधारा चाँदनी पुल १४५२ दशमलव ९६ मिटर लामो रहेको छ । तर यो पुल मल्टीस्पानमा निर्माण भएको पुल हो । यो पुलमा रहेका स्पानहरुमध्ये सबैभन्दा लामो स्पान २२५ मिटरको रहेको छ ।

१४५२ दशमलव ९६ मिटर लामो दोधारा चाँदनी पुल

नेपालको बागलुङमा रहेको पुल र अहिले पोर्चुगलमा निर्माण सम्पन्न भएको पुलको प्रकृति भने मिल्दो रहेको छ ।

पुललाई गत माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो । पुलले एकसाथ ६१२ अर्थात् ८५ मेट्रिक टन लोड धान्न सक्छ ।

पुललाई निर्माणपश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोनाका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com