आजदेखि संघीय बेरोजगारी सहायता समाप्त, पछिल्ला हप्तामा रकम नपाएकाहरुको पुनरावलोकन


प्रकाशित मिति : भाद्र २०, २०७८ आईतबार

अमेरिकामा आजदेखि संघीय बेरोजगारी सहायता कार्यक्रमहरु समाप्त भएका छन् । कोरोनाको महामारी कारण काम गुमाएकाहरुका लागि अमेरिकी सरकारले सेप्टेम्बर ५ सम्मका लागि विभिन्न बेरोजगारी सहायता कार्यक्रमहरु थप गरेको थियो ।

सेप्टेम्बर ५ पछि महामारी बेरोजगारी सहायता पीयुए, महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी, थप गरिएको सुविधा ईबी, संघीय सरकारबाट अतिरिक्त साप्ताहिक रुपमा प्रदान गरिएको ३ सय डलर, मिश्रित आम्दानी गर्नेहरुका लागि संघीय सरकारबाट थप गरिएको साप्ताहिक एकसय डलरको सुविधा समाप्त  भएको छ । नियमित बेरोजगारी विमाको समयअवधि बाँकी रहेकाहरुका सन्दर्भमा भने उक्त रकम राज्यहरुले प्रदान गर्नेछन् । तर संघीय सरकारबाट प्राप्त हुने थप रकम प्राप्त हुनेछैन ।

पीयुए लिइरहेकाहरुले आजदेखि सेप्टेम्बर ११ सम्म अन्तिम साताको प्रमाणिकरण गर्न सक्नेछन् । त्यसपछि भने उनीहरुले प्रमाणीकरण गर्न आवश्यक छैन । सामान्यता शनिबारसम्म प्रमाणिकरण गर्न सकिने भएपनि अन्तिम साताको प्रमाणिकरण सेप्टेम्बर ११ सोमबारसम्म गर्न सकिने भएको छ । त्यसपछि पनि बेरोजगार नै रहेकाहरुले नियमित बेरोजगारी विमाका लागि आवेदन दिन सक्नेछन् । तर नियमित बेरोजगारी विमाका लागि योग्य हुनका लागि फरक प्रावधानहरु रहेका छन् ।

सेप्टेम्बर ५ पछि पनि न्युयोर्कमा नियमित बेरोजगारी विमा रकम प्राप्त गर्नका लागि आवेदक बेरोजगार हुनुपर्छ भने बेरोजगारी विमा रकम लिन थालेको सुरुको २६ हप्ता अर्थात् १०४ दिन समाप्त भएको हुनुहुँदैन । आवेदकले बेरोजगारी रकम पाउन बाँकी रहेको दिनहरु अनलाइन एकाउन्टमा गएर हेर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेप्टेम्बर ५ वा त्यो भन्दा अगाडि बेरोजगार भएका साताको संघीय सुविधा प्राप्त गर्न नसकेकाहरुको आवेदन न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरले पुनरावलोकन गर्ने जनाएको छ । सेप्टेम्बर ५ मा कार्यक्रम समाप्त भएपछि त्यो अगाडि रकम नपाएका हप्ताहरुको पुनरावलोकन सुरु गरेर योग्यहरुलाई रकम प्रदान गरिने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । रकम नपाएकाहरुले पनि नियमित रुपमा साप्ताहिक प्रमाणिकरण भने गरेको हुनुपर्नेछ ।

डिपार्टमेन्ट अफ लेवरले नयाँ पीयुए दावीहरु सेप्टेम्बर ५ पछि पनि ३० दिनसम्म स्वीकार गर्ने जनाएको छ । त्यस्ता आवेदनहरु स्वीकार गर्ने, योग्यता मूल्यांकन गर्ने र योग्य रहेको विगतको मितिदेखिकै रकम प्रदान गर्ने डिपार्टमेन्ट अफ लेवरले स्पष्ट पारेको छ । त्यस्तै थपिएको सुविधा ईबी कार्यक्रमका सन्दर्भमा भने विगतमा १३ हप्ताभन्दा बढीको यो सुविधा लिएकाहरु अगस्त ९, २०२१ देखि यो कार्यक्रमका लागि योग्य हुनेछैनन् । तर उनीहरु सेप्टेम्बर ५ सम्म पीईयुसी वा पीयुएका लागि भने योग्य हुनसक्नेछन् ।

अगस्त ९ देखि ईबी कार्यक्रम १३ साताभन्दा धेरै लिन नसकिने नियम बनाइएको थियो । जसको अर्थ अगस्त ९ सम्म १३ हप्ता नपुगेकाहरुले १३ हप्ता पुगुन्जेल यो सुविधा प्राप्त गर्नसक्ने र अगस्त ९ अगाडि नै १३ हप्ता पुगेकाले त्यसपछिका हप्तामा यो सुविधा प्राप्त गर्न नसक्ने प्रावधान रहेको थियो । उदाहरणका लागि अगस्त ९ मा १० हप्तापुगेकाले त्यसपछि पनि तीनहप्तासम्म यो सुविधा पाउनसक्ने प्रावधान रहेको थियो । तर जतिहप्ता बाँकी रहेपनि सेप्टेम्बर ५ पछिभने उनीहरुले रकम पाउँदैनन् ।

सेप्टेम्बर ५ पछि बेरोजगारी सहायता कार्यक्रमहरु थप गर्ने योजनामा राज्यहरु छैनन् । कतिपय राज्यहरुले संघीय सरकारले उपलब्ध गराउदै आएको बेरोजगारी सहायता कार्यक्रम समेत लागु गर्न यस अगाडि नै बन्द गरिसकेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com