अफगानिस्तानमा आइतबारपनि अमेरिकाबाट हवाई हमला जारी


प्रकाशित मिति : भाद्र १३, २०७८ आईतबार

अमेरिकाले अफगानिस्तानमा आईसीसी के बिरुद्ध आइतबारपनि हवाई हमला जारी राखेको छ । संदिग्ध कारबम हमलाकारीबिरुद्ध काबुलभित्र अमेरिकाले हवाई हमला जारी राखेको हो ।

मानवरहित ड्रोनमार्फत अमेरिकाले हवाई हमला जारी राखेको छ । अहिलेसम्म कुनै सर्वसाधारणको ज्यान गएको रिपोर्ट आएको छैन । प्रवक्ता क्याप्टेन बिल अर्बानले आक्रमणकारीको निशानामा सही तरिकाले आक्रमण गरिएको बताएका छन् ।

यसअगाडि आतंकवादबिरुद्धको अपरेशन अन्तरगत अमेरिकाले नाङ्गाहार प्रान्तमा हवाई आक्रमण गरेको थियो । निशानामा पारिएकाहरुलाई हवाई आक्रमणबाट मारिएको र आक्रमणमा सर्वसाधारणको क्षति नभएको प्रवक्ता क्याप्टेन बिल अर्बानले दावी गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति जो बाइडेनको स्वीकृतिपछि अमेरिकी सेनाले हवाई हमला गरेको हो ।

अफागानिस्तानको विमानस्थलबाहिर भएको आत्मघाती विष्फोटमा १३ जना अमेरिकी सेनासहित कम्तीमा १७० जनाको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आतंकवादी हमलाको बदला लिने घोषणा गरेका थिए । त्यसपछि बाइडेन आईसीसी के योजनाकारबिरुद्धको हवाई आक्रमणका लागि स्वीकृति प्रदान गरेका थिए ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस समक्ष राष्ट्रिय सुरक्षा टिमले काबुलमा अर्को आतंककारी हमला हुनसक्ने सुचना दिएको छ । अमेरिकी दूतावास काबुलले विमानस्थलको गेट नजिक रहेका अमेरिकीहरुलाई तुरुन्त उक्त क्षेत्र छाड्न चेतावनी दिएको छ । सुरक्षा खतराका कारण विमानस्थलतिर र विमास्थलका गेट नजिक नजान चेतावनी दिइएको हो ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अमेरिकालगायतका मुलुकले लगातार उद्धार कार्य गरिरहेका छन् । आत्मघाती हमलापछि उद्दार कार्य अझ तीब्र पारिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com