हैटीमा गएको शक्तिशाली भूकम्पमा मृतकको संख्या ३ सय नाघ्यो


प्रकाशित मिति : श्रावण ३०, २०७८ शनिबार

हैटीमा गएको शक्तिशाली भूकम्पमा ३ सयजनाभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको आधिकारिक पुष्टी भइसकेको छ भने सरकारले संकटकालिन अवस्थाको घोषणा समेत गरेको छ ।

७ दशमलव २ म्याग्निच्युटको भूकम्पबाट १८ सय भन्दा धेरै घाइते भएका छन् । दक्षिण शहर जेरोमीका अस्पतालहरु घाइतेहरुले भरिएका छन् भने घाइतेहरु अस्पतालमा ल्याउने क्रम जारी रहेको छ ।

भूकम्पबाट घरहरु, बाटो र भौतिक संरचनामा उल्लेख्य क्षति पुगेको छ । सामाजिक सञ्जालमा प्रकाशित गरिएका भिडियोहरुमा एकदम धेरै क्षति भएका विवरणहरु आएका छन् । कैयन भवनहरु भग्नावशेषमा परिणत भएका छन् भने हावामा धुलो भरिएको भिडियोहरु आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१० मा हैटीमा गएको ७ म्याग्निच्युटको भूकम्पमा २ लाख २० हजारदेखि ३ लाखसम्म व्यक्तिको ज्यान गएको थियो । अहिले पनि मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पपछि ५ म्याग्निच्युटभन्दा ठूला पराकम्पहरु पनि गइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com