कस्ता व्यक्तिले लगाउन मिल्दैन कोभिशिल्ड र आस्ट्राजेनेका खोप? (सरकारको गाइडलाइनसहित)


प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड र आस्ट्राजेनेका खोप प्रयोगसम्बन्धी गाइडलाइन्स जारी गरेको छ। ‘खोप प्रयोग तथा सञ्चालनसम्बन्धी अन्तरिम मार्गदर्शन’ अनुसार कुनै पनि कारणले हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले खोप लगाउन मिल्दैन। तर यस प्रकारको अवस्था निको भएपछि यो खोप लगाउन सकिन्छ।

यस्तै, पहिला अन्य कुनै पनि कारणले गम्भीर प्रकारको प्रतिक्रिया (रियाक्सन) वा एनाफाइलेक्सिस भएका व्यक्ति, खोपको कुनै पनि तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति, १८ वर्षभन्दा कम उमेरका व्यक्ति, पहिलो भेरोसेल, जोन्सन वा अन्य कोभिडविरुद्धको खोप लिएको व्यक्तिले कोभिशिल्ड र आस्ट्राजेनेका लगाउन मिल्दैन।

यस्तै, प्यासिभ एन्टिबडी थेरापी उपचारमा भएका व्यक्तिलाई यो खोप लगाउनु हुँदैन। तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन सकिन्छ।

हाल कोभिड १९ संक्रमण भएको व्यक्तिले निको भएको ३० दिनपछि लगाउन मिल्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रगत बग्ने समस्या भएका व्यक्ति वा रगत पातलो गराउने औषधि लिइराखेका व्यक्तिलाई विशेष निगरानी वा परामर्श जरुरी हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु र दीर्घरोग भएका व्यक्तिहरुलाई कोभिड १९ को जोखिममा हुन्छन्। यस्ता व्यक्तिलाई यो खोप दिन सकिछ।

नेपालमा हाल इटालीमा बनेको खोप भुटानबाट र जापानमा बनेको खोप जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत प्राप्त भएको छ। इटालीमा बनेको खोपको म्याद सकिने मिति भदौ १५ र जापानबाट बनेको खोपको म्याद असोज ३१ गतेसम्म छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com