सरकारले भुटानबाट कोरोनाबिरुद्धको खोप सापट ल्याउँदै


प्रकाशित मिति : श्रावण १७, २०७८ आईतबार

सरकारले भुटानबाट कोरोना खोप ल्याउन पहल थालेको छ। परराष्ट्र मन्त्रालयमार्फत् खोप ल्याउने तयारी सरकारले अघि बढाएको हो। भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहेको खोप नेपाल ल्याउन लागिएको हो।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भुटानबाट खोप ल्याउने पहल भइरहेको जानकारी दिइन्।

‘भुटानमा प्रयोग भएर बाँकी रहेको खोप नेपालमा सापटीको रुपमा ल्याउन खोजिएको भन्ने प्रारम्भिक जानकारी छ, कति ल्याउने भन्नेबारे स्वास्थ्य मन्त्रालयले वर्कआउट गरिरहेको छ,’ प्रवक्ता लम्सालले भनिन्।

उनले खोपबारे बुझ्ने काम भइरहको उल्लेख गर्दै पछि फिर्ता दिने हिसाबले ल्याउने पहल भइरहेको बताइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भुटानमा अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० डोज फाइजर, १ लाख ५० हजार एस्ट्राजेनेका, क्रोयसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट एस्ट्राजेनेकाकै १ लाख, कोभ्याक्स सुविधाअन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो।

शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा पनि भुटानबाट खोप ल्याउने विषयमा छलफल भएको थियो। भुटानबाट ल्याइने एस्ट्राजेनेका खोप काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज दिन प्रयोग गरिने बताइएको छ।

कति डोज खोप आयो अहिलेसम्म ?

चीनबाट शुक्रबार ४० लाख डोज  खोप आएसँगै नेपालमा कोरोना भाइरस विरूद्धको झण्डै ९८ लाख डोज आइपुगेको छ । कोभ्याक्सबाट र भारतबाट डोनेशनमा प्राप्त कोभिशिल्ड, चीनबाट डोनेशनमा प्राप्त भेरोसेल, अमेरिकाबाट कोभ्याक्समार्फत प्राप्त जोन्सन एण्ड जोन्सन, भारतको द सीरम इन्ष्टिच्यूटबाट खरिद कोभिशिल्ड र चीनबाट खरिद गरिएको भेरोसेल गरी ९७ लाख ८२ हजार डोज खोप नेपालमा प्राप्त भएको हो ।

चीनले नेपाललाई डोनेशनमा ९ लाख जनसंख्यालाई पुग्ने १८ लाख डोज भेरोसेल उपलब्ध गराएको थियो । भारतले नेपाललाई ५ लाख जनसंख्यालाई पुग्ने १० लाख डोज कोभिशिल्ड उपलब्ध गराएको थियो । नेपालले भारतको द सीरम इन्ष्टिच्यूटबाट खरिद गरेको १० लाख डोज कोभिशिल्ड पनि आएको थियो । त्यस्तै कोभ्याक्समार्फत कोभिशिल्ड तीन लाख ४८ हजार डोज उपलब्ध भएको थियो ।

जुलाइको दोश्रो साता अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत १५ लाख ३४ हजार ८ सय ५० डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन नेपाल पठाएको थियो । अमेरिकाले एसियाका विभिन्न देशलाई दिने २३ मिलियन डोज भ्याक्सिनमा नेपाललाई पनि भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुरुप उक्त खोप पठाएको हो ।

कति डोज खोप आउने क्रममा छ ?

भारतको द सीरम इन्ष्टिच्यूटबाट खरिद गरेको २० लाख डोज कोभिशिल्ड मध्ये १० लाख मात्र  आएकाले बाँकी १० लाख डोज आउन बाँकी छ । पहिलो डोज कोभिशिल्ड लगाएका झण्डै १३ लाखले ४ महिना बितिसक्दा पनि दोश्रो डोज पाउन सकेका छैनन् ।

जापानले नेपाललाई १६ लाख डोज आस्ट्राजेनेका खोप कोभ्याक्समार्फत् उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।  उक्त खोप नेपालमा पहिलो डोज कोभिशिल्ड लगाएका तर दोश्रो डोज नपाएकाहरुलाई दिइने जनाइएको छ । नेपालमा लगाइएको र भारतबाट ल्याइएको कोभिशिल्ड खोप पनि अक्सफोर्ड आष्ट्राजेनेकाले नै विकाश गरेको हो । भारतमा उत्पादन गरिएकाले नाममात्र फरक हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिने प्रतिबद्धता जनाएकी थिइन् । त्यस्तै सरकारले चिनियाँ कम्पनी साइनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि प्रकृया अगाडि बढेको समेत जनाएको छ ।

त्यस्तै नेपाल सरकारले फाइजरबाट कोरोनाबिरुद्धको खोप खरिदका लागि प्रकृया अगाडि बढाएको छ । अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर विकाश गरेको कोरोनाबिरुद्धको खोप फाइजर अमेरिकामा १२ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन स्वीकृत रहेको छ । नेपाल सरकारले पनि १२ बर्षमाथिका व्यक्तिलाई लगाउनका लागि उक्त खोप किन्ने प्रयास गरिरहेको बताएको छ ।

फाइजरसँग नेपाल सरकारले खोप किन्ने प्रयास गरिरहेको फाइजरको पुष्टी गरेको छ । फाइजरको कर्पोरेट अफेयर्सकी एसिया प्यासेफिक र चीनका लागि ग्लोबल मिडिया रिलेशन हेर्ने अधिकारी रोमा नायरले खोपबारे नेपालको सरकारसँग छलफल चलिरहेको पुष्टी गरिन् । तर कति डोज खोप र कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे टुंगो लागेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com