हैटीबाट अमेरिकी सेना पठाउन आग्रह, एफबीआई र होमल्याण्ड सेक्युरिटीका अधिकारीहरु हैटी जाँदै


प्रकाशित मिति : असार २६, २०७८ शनिबार

हैटीको सरकारले अमेरिकी सरकारसँग हैटीको सुरक्षाका लागि अमेरिकी सेना पठाउन आग्रह गरेको छ । हैटीका राष्ट्रपति जोभेनल मोइजको हत्यापछि मुख्य संरचनाको संरक्षणका लागि भन्दै हैटीले अमेरिकी टुकडीको माग गरेको हो ।

हैटीको अन्तरिम सरकारले अमेरिकी सरकारसँग सहायता मागिएको पुष्टी गरेको हो । हैटीको भौतिक संरचना, पोर्टहरु, विमानस्थलहरु, उर्जा प्रणाली लगायतको संरक्षणका लागि अमेरिकी सेनाको आग्रह गरिएको हो ।

हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका संदीग्धहरु सार्वजनिक गरिदै ।

अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले आफूहरुलाई यो बेलामा अन्तर्राष्ट्रिय सहायता आवश्यक रहेको बताएका हुन् । बाइडेन प्रशासनले भने हैटीमा अमेरिकी सेना पठाउने वा नपठाउने सन्दर्भमा केही बताएको छैन । तर पेन्टागनले हैटीबाट सेनाको आग्रह गरिएको पुष्टी गरिसकेको छ ।

अहिलेका लागि अमेरिकाले हैटीमा एफबीआईका अधिकारीहरु र होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुमा पठाउने योजना बनाएको छ । हैटीमा भएको घटनाको अनुसन्धानमा सघाउनका लागि अमेरिकाले एफबीआईका अधिकारीहरुलाई यथाशीघ्र पठाउने योजना बनाएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com