न्युयोर्कमा मेयरका लागि प्राइमरीको मतगणनामा १ लाख ३५ हजार परीक्षण मतपत्र मिसिएर गञ्जागोल


प्रकाशित मिति : असार १६, २०७८ बुधबार

न्युयोर्कको प्राइमरी चुनावमा मतदानपछि नेपाल मुलका एक मतदाताले पोष्ट गरेको तस्वीर । तस्वीर: सुनिल महतको फेसबुकबाट

न्युयोर्कको मेयरका लागि भएको डेमोक्रेटिक प्राइमरीको मतगणनाका क्रममा झण्डै १ लाख ३५ हजार परीक्षण मतपत्र मिसिएको खुलासा भएपछि गञ्जागोल भएको छ । मंगलबार निर्वाचन बोर्डले र्यांक च्वाइस मतगणनाको मतपरिणाम सार्वजनिक गरेपछि राती परीक्षण मतपत्रहरु मिसिएको खुलासा भएको थियो ।

निर्वाचन बोर्डले मंगलबार राती ट्वीट गर्दै मतगणनामा परीक्षण मतपत्रहरु मिसिएकाले पुन मतगणना गरिने बताएको छ । परीक्षणका क्रममा प्रयोग भएका मतपत्रका रेकर्डहरु निर्वाचन व्यवस्थापन प्रणालीबाट नहटाइएकाले मतगणना गर्दा ती मतपत्रहरु पनि जोडिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन व्यवस्थापन प्रणालीले खसालिएका भोटको रेकर्ड सफ्टवेयरबाट निर्माण गर्ने र र्यांक च्वाइस भोटिङ सफ्टवेयरले निर्वाचन व्यवस्थापन प्रणालीले बनाएको खसालिएका भोटको रेकर्ड प्रयोग गर्ने भएकाले परीक्षण मतपत्रको रेकर्ड नहट्दा ती मतहरु पनि गणना भएको निर्वाचन बोर्डको भनाई छ । बोर्डका कर्मचारीहरुले सबै परीक्षण मतपत्रका रेकर्डहरु हटाइसकेको र चुनावको रातीको नतिजा पुन अपलोड गर्ने बोर्डको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्वाचनमा अग्रता कायम गरेका उम्मेदबार एरिक आडम्सले निर्वाचन आयोगको गल्ती दुर्भाग्यपूर्ण भएको बताएका छन् । साथै उनले निर्वाचन बोर्डले गल्ती स्वीकार गरेकोमा बोर्डको पारदर्शिताको भने प्रशंसा गरेका छन् । त्यस्तै दोश्रो स्थानमा रहेकी क्याथरिन ग्रासियाले निवार्चन बोर्डले गरेको गल्तीका लागि अझ पारदर्शी हुनुपर्ने र पूर्णरुपमा यसको व्ययाख्या गरिनुपर्ने बताएकी छिन् ।

निवार्चन बोर्डले यस अगाडि सार्वजनिक गरको नतिजा पनि वेवसाइटबाट हटाइसकेको छ । र्यांक च्वाइस मतगणनाको प्रारम्भिक नतिजा आज आउने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com