महामारीका नियम नियम तोड्दै सहकर्मीलाई चुम्बन गर्ने बेलायतका स्वास्थ्यमन्त्रीबाट राजिनामा
प्रकाशित मिति : असार १२, २०७८ शनिबार
कोरोना सम्बन्धित नियमहरुको उल्लंघन गर्दै सहकर्मीलाई गला लगाएको र चुम्बन गरेको सार्वजनिक भएपछि बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजिनामा दिएका छन् । कार्यालयमा महिला सहकर्मीलाई गला लगाएको र चुम्बन गरेको फेला परेपछि लकडाउनमा रहेका सर्वसाधारण र अन्य सहकर्मीहरु आक्रोशित भएका थिए ।
ह्यानककले प्रधानमन्त्री बोरिस जोन्सनसमक्ष राजिनामा बुझाएका हुन् । आफूले बनाएको नियम आफूहरुले पनि पालना गर्नुपर्नेभएकाले आफूले उक्त नियम उल्लंघन गरेकाले राजिनामा दिनुपरेको उनले ट्वीटरमा सार्वजनिक गरेको भिडियोमा बताएका छन् ।
I have resigned as Health Secretary pic.twitter.com/eyWi1AA19i
— Matt Hancock (@MattHancock) June 26, 2021
ह्यानकक कोरोनाबिरुद्धको सरकारी लडाईमा केन्द्रमा रहदै आएका थिए । उनी जनतालाई कोरोना सम्बन्धित नियमहरुको पालना कडा रुपमा गर्न आव्हान गर्दै नियमित रुपमा टेलिभिजनमा देखिदै आएका थिए । उनको राजिनामा पछि उनको स्थानमा पूर्व अर्थमन्त्री साजिद जाविदलाई नियुक्त गरिने भएको छ । उनी सरकार संचालनमा अनुभवी रहेपनि स्वास्थ्यक्षेत्रमा भने नयाँ हुन् ।
— Matt Hancock (@MattHancock) June 26, 2021
ह्यानककको प्रस्थान जोन्सनका लागि पनि लज्जाको विषय बनेको जनाइएको छ । उनले शुक्रबार ह्यानककले माफी मागेको र यो विषय बन्द भएको मानेको बताएका थिए । शनिबार राजिनामा प्राप्त गर्दा दुख लागेको प्रधानमन्त्री जोन्सनले बताएका छन् ।





