कोरोनाको डेल्टा भेरियन्ट फैलिनबाट रोक्न सिड्नीमा शनिबारदेखि कठोर लकडाउन


प्रकाशित मिति : असार १२, २०७८ शनिबार

कोरोना भाइरसको अत्याधिक संक्रामक मानिएको डेल्डा भेरियन्टबिरुद्ध शनिबारदेखि अस्ट्रेलियाको सिड्नीमा कठोर प्रकारको दुईहप्ते लकडाउन सुरु भएको छ । डाउनटाउन सिड्नी र सिटीको पूर्वी क्षेत्रका १० लाखभन्दा धेरै व्यक्ति पहिलेदेखि नै लकडाउनमा रहेपनि कोरोनाको संक्रमणका मामलाहरु बढेपछि लकडाउन विस्तार गरिएको अधिकारीहरुले जनाएका छन् ।

न्यू साउथ वेल्स राज्यले घोषणा गरेको लकडाउनमा ब्लु माउन्टेन्स, सेन्ट्रल कोस्ट लगायतका क्षेत्रहरु पनि समेटिएका छन् । सिड्नीमा शनिबार रातीदेखिको लकडाउनबाट झण्डै ५० लाख व्यक्ति प्रभावित भएका छन् । सन् २०२० को सुरुवातयता यो पूर्णरुपको कठोर प्रकारको लकडाउन हो ।

This illustration, created at the Centers for Disease Control and Prevention (CDC), reveals ultrastructural morphology exhibited by coronaviruses. Note the spikes that adorn the outer surface of the virus, which impart the look of a corona surrounding the virion, when viewed electron microscopically. A novel coronavirus, named Severe Acute Respiratory Syndrome coronavirus 2 (SARS-CoV-2), was identified as the cause of an outbreak of respiratory illness first detected in Wuhan, China in 2019. The illness caused by this virus has been named coronavirus disease 2019 (COVID-19).
Photo by CDC 

डेल्टा भेरियन्टका झण्डै एकसय मामलाहरु देखिएपछि लकडाउन घोषणा गरिएको हो । त्यस क्षेत्रका बासिन्दाहरुलाई अत्यावश्यकबाहेक अन्य काममा घरबाहिर ननिस्कन भनिएको छ । अष्ट्रेलियाले सिमानाका बन्द गरेर कोरोनाबिरुद्ध प्रभावकारीरुपमा लडिरहेको अवस्थामा यो लकडाउन गरिएको हो ।

अष्ट्रेलियामा कोरोना संक्रमणका जम्मा ३० हजार ४ सय केसहरु पुष्टी भएका छन् भने कोरोना संक्रमणबाट ९१० जनाको मृत्यु भएको छ । तर भ्याक्सिन वितरणमा भने अष्ट्रेलियाले संघर्ष गर्नुपरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com