अमेरिकी दूतावास काठमाडौंबाट केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु


प्रकाशित मिति : असार २, २०७८ बुधबार

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु गरेको छ । कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंले अप्रिल २९ देखि सम्पूर्ण भिसा अप्वाइन्टमेन्टहरु रद्द गरेकोमा आज एक सुचना जारी गर्दै केही केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु गरेको जानकारी दिएको छ ।

कन्सुलर सेक्सनले अमेरिकी नागरिकका नजिकका नातेदार र मंगेतर, ग्रिनकार्डवाहकमा आएर एकबर्षभन्दा धेरै समय बसेकाहरुका लागि रिटर्निङ रेसिडेन्ट भिसा र क्षमताले साथ दिएसम्म अन्य आप्रवासी भिसाहरु प्रकृयामा लैजान सुरु गरेको छ । डिभी २०२१ का विजेताहरुले भिसा पाइसक्नुपर्ने अवधि झण्डै साढे तीनमहिनमात्र बाँकी रहँदा उनीहरुको भिसा प्रकृयामा लैजाने वा नलैजानेबारे दूतावासले केही बताएको छैन ।

त्यस्तै कुटनीतिक भिसा, स्वास्थ्य र अन्य आपतकालिन अवस्थाका लागि गैरआप्रवासी भिसा र अन्तरवार्ता विना नै नविकरण गर्न सकिने भिजिटर भिसा पनि दूतावासले प्रकृयामा लैजान सुरु गरेको छ । नियमित भिसा सेवा कहिलेदेखि सुरु हुने भन्नेबारे अहिले नै केही बताउन नसकिने तर नियमित भिसा सेवामा फर्किनु सुरक्षित भएको निर्धारण हुनासाथ नियमित भिसा सेवा संचालन हुने दूतावासले जनाएको छ ।

आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको वैठकले विदेशमा अध्ययन गर्न जानुपर्ने र डिभी लोटरी विजेताहरुलाई अन्तर्वार्ताको लागि दुतावास सम्म जानको लागि सहजीकरण गर्ने निर्णय गरेको थियो । नेपाल सरकारकाबाट जारी स्वास्थ्यका मापदण्ड परिपालना गरी कुटनीतिक नियोगले आवश्यक अन्तर्वार्ता लिन सक्ने प्रमुख जिल्ला अधिकारीहरुको निर्णयपछि अमेरिकी दूतावास काठमाडौंले आंशिक भिसा सेवा सुचारु गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिभी विजेताका सन्दर्भमा दूतावासले केही दिन अगाडि प्रश्नोत्तर जारी गरेको थियो । तर डिभी विजेताको भिसा विदेश मन्त्रालयले अन्तिम प्राथमिकतामा राखेका कारण सन् २०२१ का झण्डै ३८ सय नेपाली डिभी विजेताहरु चिन्ता र अन्यौलमा छन् । दूतावासले आंशिक रुपमा भिसा सेवा संचालन गरेपछि डिभी विजेताहरुमा भिसा पाउने आशा भने पलाएको छ ।

कोरोनाको महामारीका कारण अमेरिकी सरकारले डाइभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राखेपछि २०२१ का डिभी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्ने प्रावधान रहेकाले वर्तमान प्रावधान अनुशार सेप्टेम्बर अन्तिमसम्म भिसा नपाएका हरुले त्यसपछि भिसा पाउनसक्ने छैनन् ।

आर्थिक बर्ष २०२१ मा ३८०१ जना नेपालीहरुले डिभी लोटरी जितेकोमा अहिलेसम्म कसैले पनि भिसा पाउन सकेका छैनन् ।

गतबर्ष कोरोनाको महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन रोक लगाउँदै डिभी विजेताहरुको भिसामा समेत प्रतिबन्ध लगाएका थिए । तर अदालतले डिभी विजेताहरुलाई भिसा जारी गर्न सरकारलाई आदेश दिएपछि गतबर्षको सेप्टेम्बरमा डिभी विजेताहरुले भिसा प्राप्त गर्न सफल भएका थिए । उनीहरुले भिसा पाएपनि अध्यागमन रोकका कारण फेब्रअरी अन्तिमसम्म अमेरिका आउन भने पाएका थिएनन् । फेबु्रअरीमा अदालतले ट्रम्पको आप्रवासन रोक खारेज गरिदिएपछि उनीहरु अमेरिका आउन पाएका थिए ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । प्राथमिक डिभी विजेताहरु र उनीहरुका परिवारका सदस्यहरुसहित गतबर्ष २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सफल भएका थिए ।

तर आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको परीदृश्य सन् २०२० का डिभी विजेताहरुको तुलनामा अझ खराब भएको छ । प्रत्यक्ष रुपमा कुनै आप्रवासन रोक नभएपनि अमेरिकी सरकारको विदेश मन्त्रालयले दूतावासहरुलाई डाईभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राख्न निर्देशन दिएपछि लोटरी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अहिलेकै अवस्था कायम रहेमा सन् २०२१ का डिभी विजेताहरुले २०२० का विजेताले जति पनि भिसा नपाउने देखिएको छ ।

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए ।

उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।

आर्थिक बर्ष २०२१ का विजेताको टुंगो नलागेपनि डिभी २०२२ का विजेतालाई यथाशीघ्र डीएस २६० फर्म भर्न अमेरिकी दूतावास काठमाडौंले सुझाव दिएको छ । दूतावासले भनेको छ – ‘तपाईंहरू मध्ये जतिजना डिभी २०२२को लागि छनौट हुन सफल हुनुभएको छ, हामी तपाईंलाई अनलाइनमा रहेको डीएस २६० फर्म यथाशीघ्र भर्नुहुन आग्रह गर्दछौं।’

यो फर्म आवेदक आँफैले अनलाइनमा निशुल्क भर्न सक्ने र यसको लागि कुनै भिसा कन्सल्टेन्सीको सहयोग जरूरत नपर्ने पनि दूतावासले स्मरण गराएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com