डिभी २०२१ बारे अमेरिकी दूतावासबाट ५ प्रश्नोत्तर सार्वजनिक: भिसासम्बन्धी काम कहिलेबाट ?


प्रकाशित मिति : जेष्ठ २८, २०७८ शुक्रबार

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले डिभी २०२१ का बारेमा आज प्रश्नोत्तर सार्वजनिक गरेको छ । डिभी २०२१ का विजेताहरुले भिसा पाउन नसकेको अवस्थामा विभिन्न ५ प्रश्नोत्तर सार्वजनिक गरिएको हो । ती प्रश्नोत्तर जस्ताको जस्तै ।

प्रश्न : अमेरिकी दूतावास, काठमाडौँले सन् २०२१ को डाइभर्सिटी भिसा अन्तर्वार्ताका लागि अपोइन्टमेन्टहरू कहिलेदेखि सुरु गर्छ ?

उत्तर : नेपाल सरकारको निषेधाज्ञा काठमाडौँमा जारी रहेसम्म अमेरिकी दूतावास सम्पूर्ण नियमित सेवाका लागि बन्द रहनेछ । हाम्रो कार्यालय पुनः खुला हुनसक्ने अवस्थामा पुगेपछि र नेपाल सरकारले नेपाली नागरिकहरूलाई गैर-आकस्मिक सेवाका लागि हिँडडुल गर्ने अनुमति दिएपछि हामी आफ्ना कर्मचारी, आवेदक र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिँदै आप्रवासी भिसा आवेदनसम्बन्धी सञ्चित रहन गएको काममाथिको कार्यवाही सुरु गर्नेछौँ । निषेधाज्ञाका कारण अपोइन्टमेन्ट रद्द भएका आप्रवासी भिसाका आवेदकहरूलाई हामी प्राथमिकता दिनेछौँ र अमेरिकी विदेश मन्त्रालयले स्थापित गरेका निर्देशनहरूको पालना गर्दै आप्रवासी भिसासम्बन्धी सेवाहरू पुनः चालु गर्नेछौँ ।

अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐन (आईएनए) मा व्यक्त गरिएअनुरूप अमेरिकाको अध्यागमन नीति र कानुनअन्तर्गत पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिने कार्यले प्रधानता प्राप्त गर्दछ । अमेरिकी नागरिकका नजिकका आफन्त भिसा आवेदक र K-1 मङ्गेतर र त्यसपछि फेमिली प्रेफरेन्स आप्रवासी भिसा आवेदकहरूलाई प्राथमिकतामा राख्ने नीति अमेरिकी विदेश मन्त्रालयले अनिवार्य रूपमा अवलम्बन गर्नु पर्दछ भन्ने कुरा कङ्ग्रेसले निर्दिष्ट रूपमा व्यवस्था गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोभिड-१९ का कारण दूतावासको सञ्चालन क्षमतामा आएको कमीका कारण गत वर्ष सम्पूर्ण भिसा निवेदक तथा आवेदकहरूले बेहोर्नु परेको तनाव र कठिनाइलाई हामी स्वीकार गर्दछौँ । स्वास्थ्य तथा सुरक्षितताको संरक्षण गर्न र महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरेको प्रयत्नको समर्थनमा स्थानीय मापदण्डहरू पालना गर्नका लागि हामीले उपायहरू अपनाउँदै आइरहेका छौँ । साथै, भ्रमण वा भिसा जारी गर्नका लागि कोभिडसँग सम्बन्धित सीमितता भएकाले समेत यस्तो व्यवस्था गर्नु परेको हो ।

सञ्चित भएका भिसा आवेदनसम्बन्धी हाम्रो नीति बारे विस्तृत विवरणका लागि यस लिङ्कमा जानुहोला ।

प्रश्न : २०२१ को डाइभर्सिटी भिसाका आवेदनहरूउपर कार्यवाही चलाउनका लागि के-कस्ता प्रयत्नहरू भइरहेका छन् ?

उत्तर : अमेरिकी विदेश मन्त्रालयले कोभिड-१९ को महामारीका कारण कार्यसञ्चालनमा आएका गम्भीर अवरोध र सञ्चित हुन गएको कामका बाबजुद परिवारमा आधारित भिसाका केस जस्ता भिसा प्राथमिकताहरूसँग एकरूप हुने गरी डाइभर्सिटी भिसाका आवेदनहरूमाथि कार्यवाही चलाउन हर प्रयत्न गरिरहेको छ । यद्यपि, जारी हुने डाइभर्सिटी भिसाहरूको सङ्ख्याले कोभिड-१९ का कारण आर्थिक वर्ष सन् २०२१ मा वैधानिक रूपमा व्यवस्था गरिएको उच्च सीमा भने नछुन सक्छ ।

विश्वव्यापी अवस्था विकसित हुँदै जाँदा अमेरिकी विदेश मन्त्रालयले स्वास्थ्यसम्बन्धी निकायहरूबाट जारी निर्देशन र अमेरिका भ्रमणमाथिको चालु प्रतिबन्धसँग एकरूप हुने गरी विश्वभर कुशलतापूर्वक भिसा आवेदनहरूमाथि कार्यवाही चलाउने उपायहरूको निरन्तर खोजी गरिरहेको छ ।

प्रश्न : सेप्टेम्बर ३० भित्र अन्तर्वार्ता दिन असमर्थ डिभी-२०२१ का आवेदकहरूलाई डिभी-२०२२ का लागि विचार गरिनेछ ?

उत्तर : डिभी-२०२१ का लागि छनोट भएका व्यक्तिहरूको अन्तर्वार्ता आर्थिक वर्ष २०२१ मा मात्र लिन सकिनेछ, जसको अन्त्य सेप्टेम्बर ३० मा हुँदैछ । यदि ती आवेदकहरू डाइभर्सिटी भिसा कार्यक्रमका लागि योग्य देशका नागरिक हुन् भने त्यस्ता आवेदकहरूले भविष्यमा डाइभर्सिटी भिसा कार्यक्रमका लागि पुनः आवेदन दिन सक्नेछन् । छनोट क्रमरहित (र्‍यान्डम) प्रकृतिको हुन्छ र यस कार्यक्रमका लागि कोही पहिले नै छनोट भइसकेको छ भने पनि त्यस कुराले भविष्यमा गरिने आवेदनहरूलाई असर गर्दैन ।

प्रश्न : भिसाको काम सञ्चित भएका कारण डिभी-२०२१ का लागि छनोट भएका धेरै व्यक्तिहरूको अन्तर्वार्ता हुन नसकेका बेला डिभी-२०२२ को छनोट प्रक्रियालाई तपाईँहरूले किन अगाडि बढाउनुभएको हो ?

उत्तर : डाइभर्सिटी भिसाको स्थापना कानुनद्वारा गरिएको हो । डिभी कार्यक्रममा कुनै परिवर्तन भएको छैन । आर्थिक वर्ष २०२१ को अन्त्यसम्म स्रोतसाधन र स्थानीय अवस्थाले साथ दिएसम्म हामी डिभी-२०२१ का आवेदकहरूको अन्तर्वार्ता लिने कार्यलाई निरन्तरता दिनेछौँ । आगामी आर्थिक वर्षमा डिभी-२०२१ को काम डिभी-२०२२ का आवेदनहरूमाथिको कार्यवाहीसँग जुध्ने छैन ।

प्रश्न : दूतावासले भिसासम्बन्धी काम कहिलेबाट सुरु गर्छ ?

उत्तर : नेपाल सरकारले काठमाडौँमा निषेधाज्ञा हटाउनासाथ र नेपाल सरकारबाट आवेदकहरूले अन्तर्वार्ता स्थलसम्म पुग्नका लागि अनुमति प्राप्त गर्नासाथ र हामीले कार्यालय पुनः खोल्नसक्ने अवस्था बनेपछि काठमाडौँस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी कामको पुनर्थालनी गर्नेछ । पुनः खुला हुनसक्ने अवस्थामा पुगेपछि हामी आफ्ना कर्मचारी, आवेदक र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिँदै आप्रवासी भिसा आवेदनसम्बन्धी सञ्चित भएको काममाथिको कार्यवाही सुरु गर्नेछौँ । निषेधाज्ञाका कारण अपोइन्टमेन्ट रद्द भएका आप्रवासी भिसाका आवेदकहरूलाई हामी प्राथमिकता दिनेछौँ र अमेरिकी विदेश मन्त्रालयले स्थापित गरेका निर्देशनहरूको पालना गर्दै आप्रवासी भिसासम्बन्धी सेवाहरू पुनः चालु गर्नेछौँ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com