अमेरिकी दूतावास काठमाडौंमा सबै भिसा अप्वाइन्टमेन्ट रद्द तर भिजिटर भिसा नविकरण जारी


प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार

लकडाउनका कारण अमेरिकी दूतावास काठमाडौंमा सबै भिसा अप्वाइन्टमेन्ट रद्द गरिएपनि भिजिटर भिसा नविकरण भने जारी रहेको दूतावासले जनाएको छ । भिसा प्रकृयामा लैजाने अवधि नियमितको तुलनामा लामो भएपनि विगतमा भिजिटर भिसा लिएकाहरुको भिसा विना अन्तरवार्ता नविकरणको प्रकृया जारी राख्ने दूतावासले जनाएको हो ।

अप्रिल २९ बिहिबारदेखि अमेरिकी दूतावास काठमाडौंले आप्रवासी र गैरआप्रवासी भिसाका सबै अप्वाइन्टमेन्टहरु रद्द गरिसकेको छ । अर्को सुचना जारी नहुँदासम्मका लागि भिसा अन्तरवार्ताका अप्वाइन्टमेन्टहरु रद्द गरिएको दूतावासले जनाएको छ ।

पहिले नै आप्रवासी र गैरआप्रवासी भिसाका अप्वाइन्टहरु तय भइसकेकाहरुका सन्दर्भमा सेवा सुचारु भएपछि र अप्वाइन्टमेन्ट उपलब्ध भएपछि दूतावासले आफै सम्पर्क गर्ने जनाएको छ । अहिलेका लागि तय भएका सबै अप्वाइन्टमेन्टहरु रद्द हुनुका साथै नयाँ अप्वाइन्टमेन्टको मिति समेत दिइएको छैन ।

भिसा नविकरणका लागि को योग्य हुन्छन् ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विना अन्तरवार्ता भिसा नविकरणका सन्दर्भमा भिसा सकिएको ४८ महिना ननाघेका व्यक्तिले सोही श्रेणीको गैर आप्रवासी नयाँ भिसा विना अन्तरवार्ता प्राप्त गर्नसक्छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले यो सुविधा सन् २०२१ को डिसेम्बर ३१ सम्मका लागि थप गरेका हुन्।

यो सुविधा अन्तरगत विगतमा अमेरिकाको गैरआप्रवासी भिसा भएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले दूतावासमा अन्तरवार्ता नै दिन नगई ड्रपबक्स सुविधाबाट नयाँ भिसा प्राप्त गर्नसक्छन् । ट्रम्प प्रशासनका विदेशमन्त्रीले यो सुविधा मार्च ३१ सम्म लम्बाएका थिए भने भिसा सकिएको २४ महिना ननाघेकाहरुलाईमात्र यो सुविधा दिइएको थियो ।

अमेरिकी दूतावास काठमाडौं

त्योभन्दा अगाडि भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र विना अन्तरवार्ता सोही श्रेणीको नयाँ भिसा प्रदान गर्न सकिने प्रावधान रहेकोमा कोरोना महामारीका कारण त्यसलाई बढाएर भिसा सकिएको २४ महिना ननाघेकाहरुलाई सुविधा दिइएको थियो ।

विना अन्तरवार्ता भिसा नविकरण गर्न चाहनेहरुलाई नजिकको दूतावास वा कन्सुलेटको वेवसाइटमा हेर्न सुझाव दिइएको छ । अमेरिकी दूतावास काठमाडौंले नियमित भिसा सेवा सुचारु नगरेको अवस्थामा विगतदेखि नै विगतमा भिजिटर भिसा भएकाहरुका लागि विना अन्तरवार्ता नै सोही श्रेणीको नयाँ भिसा जारी गरिरहेको छ ।

भिजिटर लगायतका गैरआप्रवासी भिसाका सन्दर्भमामात्र यो नियम लागु हुने तर आप्रवासी भिसाका सन्दर्भमा यो नियम लागु नहुने जनाइएको छ । भिसा अन्तरवार्ता दिनुपर्ने वा नपर्ने कुराको निर्धारण सम्बन्धित दूतावास वा कन्सुलेटले गर्नेछन् ।

भिजिटर भिसा नविकरणका मापदण्डहरु

अमेरिकाको भिजिटर भिसा समाप्त भएको ४ बर्ष पूरा भएको छैन भने तपाईले त्यो भिसा दूतावासमा विना अन्तरवार्ता नै रिन्यु गर्न सक्नुहुनेछ । तर त्यसका लागि तपाईले  मापदण्डहरु पूरा गर्नुपर्छ ।

तपाईको भिजिटर भिसा भिसा रिन्यु गर्नका लागि तपाईले सन् २००८ को जनवरी १ वा त्यसपछि पूरानो भिसाका लागि अन्तरवार्ता दिएको हुनुपर्छ । तपाईको पहिलेको भिसा मल्टिपल इन्ट्री सहितको हुनुपर्छ ।

पहिले जारी भएको भिसा पूरा अवधि अर्थात ५ बर्षका लागि नै जारी भएको हुनुपर्छ । भिजिटर भिसाका लागि हालेको आवेदन अस्वीकृत भएको हुनुहुँदैन भने पूरानो भिसा हराएको, चोरी भएको वा खारेज गरिएको हुनुहुँदैन ।

त्यस्तै जन्ममिति, नाम, राष्ट्रियता जन्मस्थान लगायतका विवरणहरु परिवर्तन भएको हुनुहुँदैन । अमेरिका भ्रमणका क्रममा अमेरिकी कानुनको पालना गरेको हुनुपर्छ भने भिसा सकिएको ४ बर्ष नाघेको हुनुहुँदैन ।

यदि यी मापदण्डहरु पूरा भएको खण्डमा तपाईले विना अन्तरवार्ता नै भिसा नविकरण गराउन सक्नुहुनेछ । त्यसका लागि तपाईले डीएस १६० नामको फर्म भने भर्नुपर्छ ।

त्यसपछि भिसा शुल्क तिरेर तपाईले अप्वाइन्टमेन्ट लिने पेजबाट आवश्यक कागजातको सुची सहितको पत्र प्राप्त गर्नुहुनेछ । त्यो पत्रको दुईकपी प्रिन्ट गरेर तपाईले एककपी पत्र, तपाईको पासपोर्ट, डीएस १६० कन्फर्मेशन पेज, विगतको भिसा, एक तस्विर, सर्पोर्टिंग कागजात दूतावाससमक्ष बुझाउनुपर्छ ।

त्यसपछि तपाईले केहीदिनमा नविकरण गरिएको भिसा पाउनसक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com