प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश, असार ९ देखि नियमित सुनुवाइ


प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार सो आदेश जारी गरेको हो।

इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ। बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले बहस गरेका थिए।

आजको बहसमा के–के भने वरिष्ठ अधिवक्ताहरुले?
बुधबार बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले केपी शर्मा ओलीले विश्वासको मत पाउँदिन भनिरहँदा फेरि कसरी प्रधानमन्त्रीमै नियुक्त गरियो भन्दै प्रश्न गरे। विश्वासको मत लिन सक्दिन भनिसकेका प्रधानमन्त्री उक्त पदमा रहन नसक्ने जिकिर उनको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘संसदीय प्रजातन्त्र रहेन भने यो व्यवस्था नै रहँदैन। विश्वासको मत ३० दिनभित्र लिनुपर्छ। मत लिन सक्दिनँ भनिसकेका प्रधानमन्त्री प्रधानमन्त्री रहन सक्दैनन्। विश्वासको मत प्राप्त गर्न सक्दिनँ भनिसकेपछि कसरी फेरि प्रधानमन्त्री?’, उनले प्रश्न गरे।

उनले प्रतिनिधिसभाको अधिकार राष्ट्रपतिले प्रयोग गर्न नपाउने तर्क गरे। ‘प्रधानमन्त्री नियुक्तिमा प्रतिनिधिसभा नपुगी राष्ट्रपतिले निर्णय गर्नुभएको छ। प्रतिनिधिसभाको अधिकार उहाँ (राष्ट्रपति) ले प्रयोग गर्न पाउनुहुन्न। बहुमतसिद्ध गर्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले नियुक्ति गर्नुपर्छ। यस्तो बेलामा संसद विघटन गर्न पाइने हैन,’, उनले भने।

यस्तै, वरिष्ठ अधिवक्ता महादेव यादवले सरकार बन्न नसकेको नभएर नबनाइएको आरोप लगाए। उनले केपी ओलीबाहेक कसैलाई प्रधानमन्त्री नै बन्न नदिइएको आरोप लगाए। ‘सरकार बन्न नसकेको होइन, नबनाइएको हो। अनेक व्याख्या गरेर सरकार बन्न दिइएन। साँच्चै सरकार बन्न नसक्ने अवस्था थियो कि राष्ट्रपतिले जानाजान गरेको हो, यहाँ ओलीबाहेक कसैलाई प्रधानमन्त्री बन्न नै दिइएन।’, उनले भने।

यादवले संविधानमा धारा ७६(३) को प्रधामन्त्रीले उपधारा ४ अनुरूप विश्वासको मत लिन नसकेमा मात्र ७६(५) को प्रक्रिया सुरू हुने बताए। उनले यस अवस्थामा प्रतिनिधिसभाको कुनै पनि सदस्यले बहुमत प्राप्त गर्न सक्ने बताए। उनले यसमा दलका सांसद हुने तर, दलीय आधारमा भने नहुने बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com