ओलीको ६ बुँदे एकता प्रस्तावमा नेपाल–खनाल समूहको ६ बुँदे जवाफ (पूर्णपाठसहित)


प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार

एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले अध्यक्ष केपी ओलीले एकताका लागि राखेको ६ बुँदे प्रस्तावको ६ बुँदे जवाफ दिएको छ।

सो समूहले ओलीद्वारा जारी वक्तव्यको पहिलो बुँदा नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको जनाएको छ।

‘यही बुँदामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण २०७५ जेठ ३ गते भएकाले सर्वोच्च अदालतबाट नेकपा एमाले पुनर्जीवित हुने फैसला भएकाले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्र रुपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गतेपूर्व भन्दै अल्मल्याउने भाषा प्रयोग भएको छ,’ नेपाल–खनाल समूहले जारी गरेको वक्तव्यमा भनिएको छ। पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको उल्लेख गर्दै उनीहरुले भनेका छन्, ‘यथार्थलाई पार्टीलाई जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थअनुरुप हुने कुरा गरिएको छ, यस्तो कुरा पार्टी एकता कायम नराखी आफनो गुटगत स्वार्थअनुरुप हुने कुरा गरिएको छ। यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको कदापि देखिन्न, यो अस्वीकार्य छ।’

राष्ट्रिय महाधिवेशन र अन्य तहका अधिवेशन र सदस्यताबारे मौनता साधेर आफूखुसी गर्ने आशय ओलीको प्रस्तावमा रहेको देखिन्छ भन्दै सो समूहले कार्यदल गठन गरिने कुरा गरिए पनि त्यसले के–कस्ता काम गर्नेछ भन्ने कुरा उल्लेख नगरिएको र अहिलेसम्म स्वेच्छाचारी किसिमले पार्टी विधानविपरीत गरिएका कथित कारबाही फिर्ता लिने कुरा वक्तव्यमा नभएको उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, बुँदा नम्बर ५ मा ‘यसबीचमा भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन भनेर अल्मल्याउने भाषा प्रयोग गरिएको उनीहरुको भनाइ छ।

हस्ताक्षर फिर्ताको विषयमा पूर्वशर्त राखिएको विषयमा भनिएको छ, ‘उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो। प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ।’

अहिले ओलीबाट गरिएको ‘रचनात्मक योगदान’ सबैभन्दा पहिले उनीबाट सुरु हुनुपर्ने भन्दै माधव नेपाल समूहले भनेको छ, ‘अन्यथा आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन।’

ओलीको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिने वक्तव्यमा उल्लेख छ।

माधव नेपाल तथा झलनाथ खनाल समूहले दिएको जवाफका लागि तलको लिंकमा हेर्नुहोला

नेपाल–खनाल समूहको जवाफ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com