क्रिप्टोमा १० हजारभन्दा धेरैको कारोबार आईआरएसलाई जानकारी नदिए करछलीमा कारवाही
प्रकाशित मिति : जेष्ठ ६, २०७८ बिहीबार
क्रिप्टो करेन्सीमा १० हजारभन्दा धेरैको कारोबार आईआरएसलाई जानकारी दिनुपर्ने अमेरिकी सरकारले घोषणा गरेको छ । क्रिप्टोकरेन्सीले करछली लगायतका गैर कानूनी गतिविधिलाई पहिले नै बढावा दिएर महत्वपूर्ण समस्या श्रृजना गरिसकेको अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले बताएको छ ।
क्रिप्टोकरेन्सी बजार र कारोबारलाई नियमन गर्नका लागि बिहिबार अमेरिकी सरकारको यो घोषणा आएको हो । नगद कारोबारका साथै १० हजार डलरभन्दा धेरैको क्रिप्टो सम्पत्ति प्राप्त गर्ने विजनेशहरुले पनि यसको रिपोर्ट आईआरएसलाई गर्नुपर्ने ट्रेजरी डिपार्टमेन्टले स्पष्ट पारेको छ ।

करछलीलाई नियन्त्रण गर्ने बाइडेन प्रशासनको बृहत घोषणाको एउटा भागका रुपमा यो कदम आएको हो । यो घोषणासँगै बिटक्वाइनको बजारमा गिरावट आएको छ । सरकारी नियम नमान्नेहरुलाई कडा कारवाही गरिने समेत जनाइएको छ ।
सन् २०१९ मा सरकारले लिनुपर्ने कर र करदाताले तिरेको करबीचको भिन्नता झण्डै ६ सय बिलियन डलर रहेको सरकारी अनुमान रहेको छ । डेमोक्र्याट्स र रिपब्लिकन दुबैले सन् २०२१ म क्रिप्टोकरेन्सी नियमनलाई उच्च प्राथमिकतामा राखेका छन् ।





