राष्ट्रपति चुनाव र प्रतिनिधिसभाको सिट संख्या प्रभावित पार्नसक्ने अमेरिकी जनगणनाको नतिजा आज


प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार

इलेक्टोरल कलेज संख्या र अमेरिकी संसदको प्रतिनिधिसभाको सिट संख्यामा समेत परिवर्तन ल्याउनसक्ने अमेरिकी जनगणनाको पहिलो नतिजा आज सार्वजनिक गरिने भएको छ । न्युयोर्क समय अनुशार आज दिउसो ३ बजे जनगणनाको पहिलो नतिजा सार्वजनिक गर्न लागिएको हो । नतिजा जनगणना ब्यूरोको वेवसाइटमा पनि प्रकाशित गरिने भएको छ ।

२ लाख भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिने अमेरिकामा जनगणनाले नेपाली र नेपाली मुलका अमेरिकनहरुको पनि आधिकारिक संख्या निर्धारण गर्नेछ । यसपटकको जनगणनामा नेपालीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । विगतको जनगणनामा नेपालीहरुको सहभागिता कम रहेकाले संख्या कम देखिएको अनुमान गरिएको थियो ।

न्युयोर्कको ज्याक्सनहाइटमा स्थानीय सरकारका तर्फबाट नेपाली भाषामा राखिएको डिजिटल सुचना ।

अमेरिकामा हरेक १० बर्षमा गरिने जनगणना कोरोना महामारीका बीचपनि गतबर्ष सम्पन्न भएको थियो । महामारीकै कारण जनगणनाको नतिजा सार्वजनिक हुनमा पनि ढिलाई भएको छ । अर्को दशकसम्मका लागि संसदको शक्ति सन्तुलन र इलेक्टोरल कलेजमा प्रभाव पार्नसक्ने भएकाले आज सार्वजनिक हुने नतिजालाई निकै चासोका साथ हेरिएको हो ।

वर्तमान संघीय कानून अनुशार जनगणनाको नतिजा सार्वजनिक गर्नुपर्ने सन् २०२० कै अन्तिमसम्म रहेको थियो । तर महामारीका कारण तोकिएको समयमा नतिजा सार्वजनिक गर्न नसकिने जनगणना ब्यूरोले चेतावनी दिदै आएको थियो । हालै दुईदलीय सांसदहरुको समुहले यो डेडलाइनलाई पछाडि सारेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज सार्वजनिक गरिने नतिजामा जातीय, उमेर, लिंग, भाषा, देश लगायतका विवरणहरु भने उल्लेख नगरिने जनाइएको छ । यी विवरणहरुसहितको नतिजा दोश्रो चरणमा सार्वजनिक गरिने भएकाले आज सार्वजनिक गरिने नतिजाबाट नेपाली र नेपाली मुलका व्यक्तिको संख्या कुन राज्यमा कति रहेको छ भन्ने विवरणसमेत थाहा हुनेछ । उक्त तथ्यांक अगस्त १६ सम्म सार्वजनिक गरिने डेडलाइन रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com