न्युयोर्कको लङ आइल्याण्डमा ग्रोसरी स्टोरभित्र गोली चल्यो, एकको मृत्यु, २ घाइते
प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार
न्युयोर्कको लङ आइल्याण्डमा ग्रोसरी स्टोरभित्र गोली चलेको छ । घटनामा कम्तीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

वेष्ट हेम्पस्टीडमा रहेको स्टप एण्ड सप नामको ग्रोसरी स्टोरमा मंगलबार दिउसो गोली चलेको जनाइएको छ । गोली चलाउने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
There has been an active shooter situation at the West Hempstead Stop & Shop. The #NassauCountyPD is canvassing the area & nearby schools have been notified to lock down & secure their buildings. The subject has not been apprehended yet & we ask that area residents remain indoors
— NCPD (@NassauCountyPD) April 20, 2021
मृत्यु हुने व्यक्ति ४९ बर्षका पुरुष रहेको जनाइएको छ । मृतक त्यही काम गर्ने कामदार रहेको जनाइएको छ ।
गोली चलाउँदा स्टोरमा केही सय व्यक्तिले किनमेल गरिरहेका थिए । गोली चलाउने व्यक्ति नजिकैको बस चढेर भागेको हुनसक्ने आशंका गरिएको छ ।
UPDATE: The #NassauCountyPD can confirm that 3 people were shot inside the West Hempstead Stop & Shop; 2 are in the hospital & there was one fatality. (1/2)
— NCPD (@NassauCountyPD) April 20, 2021
प्रहरीले गोली चलाउने व्यक्ति ३० बर्षको ग्रयाब्रियल डेविट विल्सन रहेको जनाएको छ । उक्त व्यक्तिको स्टप एण्ड सप ग्रोसरी स्टोरमा रोजगारीको सम्बन्ध रहेको बताइएपनि अहिले समेत काम गर्ने नगर्ने स्पष्ट छैन ।
माथिल्लो तलामा म्यानेजरको अफिसमा गोली चलेको जनाइएको छ । गोली चलाउने व्यक्तिले हाते बन्दुक प्रयोग गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।





