बाइडेनले सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने


प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने भएका छन् । सेप्टेम्बर ११ को हमलाको २० औं बार्षिकीसम्म अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने बाइडेन प्रशासनको योजना रहेको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा आतंककारी हमला भएको थियो ।

बाइडेनले अमेरिकी सेना फिर्तीबारेको विशेष घोषणा बुधबार गर्ने अपेक्षा गरिएको छ । गत बर्ष तालिवानसँगको वार्ताका क्रममा ट्रम्प प्रशासनले मे १ सम्म अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने डेडलाइन बनाएको थियो । उक्त डेडलाइनभन्दा केही महिना पछाडिसम्म अफगानिस्तानमा अमेरिकी सेना रहने भएका छन् ।

तालिवानले भने मे १ को डेडलाइनसम्म अमेरिकी सेना फिर्ता नभए नाटोका अधिकारी र अमेरिकामाथिको आक्रमण सुरु गर्ने चेतावनी दिएको छ । अब सेप्टेम्बर ११ को डेडलाइनको तालिवानले पालना गर्ने नगर्नेबारे भने अझै स्पष्ट छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आधिकारिक रुपमा अफगानिस्तानमा २५ सय अमेरिकी सेना रहेका छन् । यो संख्यामा घटीबढी हुने भएकाले अहिले त्यो भन्दा १ हजार बढी अमेरिकी सेना रहेको जनाइएको छ । त्यो बाहेक त्यहाँ झण्डै ७ हजार विदेशी सेना रहेका छन् र अधिकांश नाटो सम्बन्धित छन् ।

अफगानिस्तान युद्धमा २ हजारभन्दा धेरै अमेरिकी सेनाको मृत्यु भएको छ भने १ लाख बढी अफगान सर्वसाधारणहरु मारिएका छन् । युद्धमा अरबौंको क्षति भएको छ । केही अधिकारीहरुले भने अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुँदा काबुल सरकार पतन हुने चेतावनी दिएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com