साउथ क्यारोलिना गोलीकाण्डमा डाक्टर, उनकी पत्नी र २ नातीनातिनीसहित ५ को मृत्यु
प्रकाशित मिति : चैत्र २६, २०७७ बिहीबार
साउथ क्यारोलिनाको रकहिलमा भएको गोलीकाण्डमा प्रतिष्ठित डाक्टर, उनकी पत्नी र २ नातिनीसहित ५ जनाको मृत्यु भएको छ । बुधबार दिउसो पौने ५ बजे भएको गोलीकाण्डमा ७० बर्षका डाक्टर रोबर्ट लेस्लाई, ६९ बर्षकी बारबरा लेस्लाई र २ जना नातिनीहरु मारिएका हुन् ।
मारिने बच्चाहरु ५ र ९ बर्षका रहेको जनाइएको छ । मारिने अर्का व्यक्ति जेम्स लुइस त्यतीबेला घरमा काम गरिरहेका थिए । परिचय नखुलाइएका छैठौं व्यक्ति घाइते अवस्थामा रहेका छन् । उनको उपचार भइरहेको छ ।
UPDATE: We have IDed the person we feel is responsible for the shooting on Marshall Rd. We found him in a nearby house. There is no active threat to the community. Detectives are still in the area serving a search warrant & investigating this tragic event. #YCSONews
— YCSO_SC (@YCSO_SC) April 8, 2021
गोली चलाउने व्यक्ति नजिकैको घरमा फेला परेको प्रहरीले जनाएको छ । के कारणले उसले गोली चलाएको हो भन्नेबारे केही खुलेको छैन । बिहिबार विहान प्रहरीले समुदायमा कुनै सकृय जोखिम नरहेको बताएको छ ।
Sadly 5 people have died as a result of the shooting. Dr. Robert Lesslie & his wife, Barbara Lesslie were both found in the home & died as a result of gunshot wounds, as well as their 2 grandchildren. James Lewis of Gastonia, was working at the home & died from gunshot wounds
— YCSO_SC (@YCSO_SC) April 8, 2021
मारिने डाक्टर रकहिलमा ४० बर्षदेखि पेशामा रहदै आएका थिए । उनले साउथ क्यारोलिनाको मेडिकल युनिभर्सिटीबाट मेडिकल डिग्री लिएका थिए । उनी र उनकी पत्नीका ४ बयस्क छोराछोरीहरु र ८ नातीनातिनीहरु रहेका छन् ।