अमेरिकाबाहिर गएर फर्कदा नयाँ भिसा स्टीकर आवश्यक हुने विद्यार्थी भिसा बाहकलाई टिप्स


प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार

अमेरिकामा विद्यार्थी भिसा कायमै राखेर बसिरहेको तर पासपोर्टमा भिसा स्टीकरको म्याद सकिएका विद्यार्थी भिसा वाहकहरु अमेरिकाबाहिर गएको खण्डमा फर्कदा दूतावास वा कन्सुलेटबाट नयाँ भिसा स्टीकर लगाउन आवश्यक हुन्छ । तर अहिले महामारीका कारण कैयन दूतावास वा कन्सुलेटहरुमा नियमित भिसा सेवा सुचारु नभएकाले नयाँ भिसा स्टीकर पाउन समस्या हुनसक्छ ।

आंशिक रुपमा भिसा जारी गरिरहेका दूतावासहरुले पनि आप्रवासी भिसाहरुलाई प्राथमिकता दिएका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासले मार्चदेखि सिमित संख्यामा विद्यार्थी भिसाहरु जारी गर्न सुरु गरेको छ । तर अप्वाइन्टहरुको उपलब्धता अत्यन्तै सिमित भएकाले अप्वाइन्टमेन्ट पाउन सहज छैन ।

फेबु्रअरीसम्म कैयन नेपालीहरुले भारतको दिल्लीमा रहेको अमेरिकी दूतावासमा विद्यार्थी भिसा आवेदन दिएर भिसा प्राप्त गरेका थिए । त्यसैले आफू जाने देशको दूतावास वा कन्सुलेटमा भिसा जारी नभएको खण्डमा नजिकको कन्सुलेट वा दूतावासमा चेक गर्न समेत सकिनेछ । त्यसका लागि पहिलो कन्सुलेट वा दूतावासमा सम्पर्क गरेर वा वेवसाइट चेक गरेरमात्र निर्णय लिन आवश्यक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईले अप्वाइन्टमेन्ट पाउनु भएको खण्डमा पनि तपाई लचकताका लागि तयार हुनुपर्छ । किनभने कोरोनाको महामारीका कारण कैयन अप्वाइन्टहरु रद्द हुने र पछि सर्ने सम्भावना समेत रहन्छ । यदि अप्वाइन्टमेन्ट सुरक्षित गर्न सफल भएको खण्डमा भिसा जारी हुनुभन्दा अगाडि सेक्युरिटी क्लीयरेन्स पास गर्न जरुरी हुन्छ ।

यदि तपाईको नाम, व्यक्तिगत विवरण वा भ्रमणको इतिहास सरकारको सेक्युरिटी डाटाबेसमा रहेको विवरण वा वाचलिष्टमा मेल खाएमा वा उस्तै उस्तै भएमा तपाईका लागि तत्काल भिसा जारी नहुनसक्छ । सेक्युरिटी लिष्टमा रहेको व्यक्ति तपाई नभएको सुनिश्चित नगर्दासम्म तपाईलाई भिसा जारी गर्नमा ढिलाई हुनसक्छ । तपाई भएको निश्चित भएमा भिसा अस्वीकार हुनसक्छ ।

यदि तपाईको तर्फबाट स्वीकृत एचवानबी प्रणालीमा देखिएको खण्डमा दूतावास वा एयरपोर्टका अधिकारीहरुले तपाईलाई गैरआप्रवासी उद्देश्यबारे प्रश्न गर्नसक्छन् । तपाई पढाई सकेर फर्कनुहुने कुरा तपाईले सुनिश्चित गर्नुपर्ने समेत हुनसक्छ । तपाईको स्वीकृत एचवानबी देखिएको खण्डमा तपाईको अमेरिकामा पेशागत जागिर भएको भिसा अधिकारी वा अध्यागमन अधिकारीले थाहा पाउनेछन् । यदि भिसा अधिकारी वा इमिग्रेशन अधिकारी कन्भिन्स हुन नसकेमा तपाईको विद्यार्थी भिसा अस्वीकृत समेत हुनसक्छ ।

यस्तो अवस्थामा तपाईले एचवानबी भिसाको प्रतिक्षा गर्नुपर्ने हुनसक्छ । एचवानबी भिसाको प्रकृयासम्म प्रतिक्षा गर्नका लागि लामो समय कुनुपर्ने हुनसक्छ । यद्यपी मार्चको ३१ देखि कामदार भिसा एचवानीमा लगाएको रोक समाप्त भएकाले अहिले दूतावास वा कन्सुलेटले यो भिसा जारी गर्न सुरु गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com