अभियुक्तले रुखमा चढेर हाम फालेर मर्ने धम्की दिएपछि प्रहरीलाई फसाद


प्रकाशित मिति : चैत्र २, २०७७ सोमबार

आइतवार एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गर्न खोज्दा निकै सास्ती खेप्नु परेको छ। जब प्रहरीले खोजी गरि अभियुक्तलाई देख्यो उनी प्रहरीबाट फुत्केर एउटा खोचमा पुगे। जब प्रहरीले पक्राउ गर्न नजिकै जान खोज्थ्यो उनले हामफालेर मर्ने धम्की दिन थाल्थे। केही समय अभियुक्त उनको प्रहरीसँग जुहारी नै चल्यो।

सन्दर्भ हो, ३६ वर्षीय खन्ती भनिने सुकलाल वाइवा पक्राउको प्रकरण। वाइवालाई प्रहरीले गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखान बस्ने राजकुमार पण्डित क्षेत्रीको घरमा चोरी गरेको अभियोगमा खोजी गरिहरेको थियो।

आइतवार दिउँसो गोकर्णेश्वर नगरपालिका ४ उत्तरबाहिनीमा बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनलाई पछ्याउँदै जाने क्रममा उनले गोकर्णको खोचसँगैको रुख चढे। त्यहीँबाट हाम फालेर मर्छु भन्दै धम्क्याउन थाले। उनलाई प्रहरीले पटकपटक तल उत्रिन आग्रह गर्‍यो। वाइवाले मानेनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हैरान बनाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले घटनाका बारेमा महानगरीय प्रहरी परिसर काठमाडौंलाई समेत जानकारी दियो। त्यसपछि परिसरले डीएसपीको नेतृत्वमा विपद व्यवस्थापन टोली र आत्महत्या गर्न लागेका व्यक्तिलाई फर्काउन नेपाल प्रहरी अस्पतालबाट मानसिक रोग विशेषज्ञ समेत गोकर्ण पठायो।

डाक्टर आशिष दत्तले आमहत्याको विषयलाई लिएर उनलाई काउन्सिलिङ गरे। त्यसपछि भने वाइवा फर्कन मानेको प्रहरीले जनाएको छ। विपद व्यवस्थापनको टोली भिरमा गएर उनको उद्दार गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com