यो बर्ष बच्चा जन्माउनेलाई थप १४ सय डलरको राहत चेक, चाइल्ड ट्याक्स क्रेडिटवापत ३६ सय


प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार

सन् २०२१ भरमा बच्चा जन्माउनेले बच्चाका लागि थप १४ सय डलरको राहत चेक पाउने भएका छन् । बुधबार पारित १ दशमलव ९ ट्रिलियन डलरको प्याकेजमा २०२१ मा जन्मिने बच्चाका लागि समेत राहत चेकको व्यवस्था गरिएको छ ।

सन् २०२० मा जन्मिएका बच्चालाई समावेश गरेर यो बर्ष ट्याक्स फाइल गरेकाहरुले कुनै कदम नचाली बच्चाका लागि तेश्रो चरणको राहत चेक पाउनेछन् । तर सन् २०२१ मा जन्मिने बच्चाको सन्दर्भमा भने आगामी बर्ष ट्याक्स फाइल गर्दा रकम दावी गर्नुपर्नेछ ।

सन् २०२० मा जन्मिएको बच्चाका सन्दर्भमा विगतका दुईवटा राहत चेक ट्याक्स फाइल गर्दा रिबेटका रुपमा दावी गर्न सकिने प्रावधान रहेको छ । तेश्रो चरणको राहत चेक सबै उमेरका व्यक्तिलाई एउटै रकमको प्रदान गरिनेछ ।

दुबै सदनबाट पारित भइसकेको राहत प्याकेजमा राष्ट्रपति जो बाइडेनले शुक्रबार हस्ताक्षर गर्ने बताएका छन् । राहत प्याकेज अनुशार बाबुआमाहरु चाइल्ड ट्याक्स क्रेडिट स्वरुप ५ बर्षभन्दा कम उमेरका बच्चाका लागि ३६ सय डलर र ६ देखि १७ बर्षसम्मको बच्चका लागि ३ हजार डलरका लागि योग्य हुनसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राहत प्याकेजमा १४ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय सय डलर सेप्टेम्बर ६ सम्म प्रदान गर्ने उल्लेख छ । त्यस्तै १ लाख ५० हजारभन्दा कम आम्दानी हुने परिवारको हकमा सुरुको १० हजार २ सय सम्मको सुविधा रकममा ट्याक्स नलाग्ने प्रावधान  छ ।

राहत चेकको योग्यतामा परिवर्तन गरिएकाले ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले राहत चेकको पूर्ण अंश प्राप्त गर्नेछन् । तर ८० हजारभन्दा बढी आम्दानी हुनेहरुले पनि राहत चेकको कुनै पनि अंश प्राप्त नगर्नेगरी सहमति कायम भएको छ । त्यस्तै दम्पत्तिको सन्दर्भमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै राहत चेक पाउनेछन् तर १ लाख ६० हजारभन्दा धेरै आम्दानी हुनेहरुले चेकको कुनै पनि अंश पाउनेछैनन् ।

घरमूलीका सन्दर्भमा १ लाख १२ हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै १४ सय पाउनेछन् तर १ लाख २० हजारभन्दा बढी आम्दानी हुनेहरुले कुनै रकम पाउनेछैनन् । थ्रेसहोल्ड भन्दा बढी आम्दानी हुनेहरुले पाउने राहत चेकको रकम घट्दै जाने हिसाबका लागि पनि नयाँ बिधिको प्रयोग गरिने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com