७२ हजार भन्दा कम आम्दानी हुनेलाई निशुल्क ट्याक्स फाइलको अफरसहित आईआरएसको कार्यक्रम
प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार
अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले शुक्रबारदेखि कागजी र विद्युतीय ट्याक्स फाइल स्वीकार्न सुरु गरिसकेको छ । म्याद नथपिएको खण्डमा अप्रिल १५ सम्म डेडलाइन रहेको छ ।
आईआरएसले ७२ हजार भन्दा कम बार्षिक आम्दानी हुनेहरुका लागि निशुल्क ट्याक्स फाइल समेत अफर गरेको छ । आईआरएसको निशुल्क ट्याक्स फाइल कार्यक्रम अन्तरगत तेश्रो सेवा प्रदायकबाट यो सेवा लिन सकिनेछ ।

योग्य भएर पनि राहत चेक प्राप्त नगरेकाहरु, सन् २०२० मा आम्दानी नगरेकाहरु, सन् २०२० मा आप्रवासी भिसामा अमेरिका आएकाहरुले निशुल्क फाइल गरेर छिटो राहत चेक प्राप्त गर्नसक्नेछन् ।
अनलाइनबाट ट्याक्स फाइल गर्दा डाइरेक्ट डिपोजिटका लागि बैंक खाता दिन सुझाव दिइएको छ । यसो गरेमा रिबेट वा रिफण्ड बापतको रकम छिटो सिधै बैंक खातामा आउनेमात्र नभई आगामी चेक छिटो बैंक खातामा प्राप्त गर्नसमेत सहज हुनेछ ।
निशुल्क फाइल गर्न चाहनेहरुले यहाँ क्लीक गर्नुहोला ।
आईआरएसको निशुल्क कार्यक्रम अन्तरगत ट्याक्स फाइल गर्दा व्यक्तिको जानकारी कुनै पनि अनाधिकृत पहुँचबाट सुरक्षित गरिएको आईआरएसले जनाएको छ । कम्पनीहरूले फाइल गर्नेको जानकारी ट्याक्स रिटर्नको तयारी बाहेक अन्य उद्देश्यका लागि खुलासा वा प्रयोग गर्न नसक्ने तथा यी कम्पनीहरू फेडरल ट्रेड कमिशनको प्राइभेसी र सेफगार्ड्स नियम अन्तरगत तथा आईआरएसको ईफाइल नियमको अधीनमा छन्।
सन् २०२० मा अमेरिका आएकाहरुले दुईवटै राहत चेक पाउने (भिडियोसहित)





