न्युयोर्कमा सोमबार विहान ६ बजेदेखि २४ घण्टा बाहिर निस्कन रोक लगाउने स्थानीय संकटकाल


प्रकाशित मिति : माघ १८, २०७७ आईतबार

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले स्थानीय संकटकालिन घुमफिर प्रतिबन्धको घोषणा गरेका छन् । आजदेखि सुरु भएको हिमपात र आँधी सोमबार दिनभर जारी रहने सम्भावनाका कारण सोमबार विहान ६ बजेदेखि मंगलबार विहान ६ बजेसम्म अत्यावश्यक बाहेकका अन्य घुमफिरमा प्रतिबन्ध लगाइएको छ ।

स्थानीय मौषम संकटकाल घोषणामा आपतकालिन अवस्थामा बाहेक अन्य अवस्थामा बाहिर निस्केर घुमफिर गर्नमा रोक लगाइएको छ । न्युयोर्क सिटीमा २२ इन्चसम्म हिमपात हुने र सिटीभर हिमआँधीको जस्तै अवस्था हुने मौषमविदहरुको चेतावनी रहेको छ ।

मेयर बिल ब्लाजिओले यो हिमआँधीले भारी हिमपात ल्याउने भएकाले कुनै गल्ती नगर्न चेतावनी दिएका छन् । साथै हिमपातका कारण यात्रा खतरनाक हुने उनको भनाई छ । न्युयोर्कबासीहरुलाई घरभित्रै बस्न उनले सुझाव दिएका छन् । साथै आपतकालिन गाडीहरुका लागि बाटो खुला राख्न र हिउँ सोहोर्ने गाडीलाई राम्रोसँग काम गर्ने वातावरण बनाउन ब्लाजिओले आग्रह गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो आदेश सोमबार विहान ६ बजेदेखि लागु हुने र अनिवार्य कार्यान्वय हुने भएकाले त्यो अगाडि नै आवश्यक तयारी गर्न सुझाव दिइएको छ । सोमबार विहान १० बजेदेखि हरेकघण्टा न्युयोर्क सिटीमा २ देखि ४ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । न्युयोर्क सिटीमा प्रतिघण्टा ५० माइलसम्म हुरी चल्ने अनुमान गरिएको छ ।

सार्वजनिक यातायातमा काम गर्ने कामदारहरु, फस्ट रेस्पोण्डरहरु, हेल्थकेयर र होमकेयर कामदारहरु, प्रहरी अधिकारीहरु, शान्ति अधिकारीहरु, अत्यावश्यक सिटीको सेवामा संलग्न कामदारहरुलाई भने छुट दिइएको छ ।

त्यस्तै खाना, औषधी र इन्धन डेलिभरी गर्नेहरु, संचारमाध्यमहरु, होटलका कामदारहरु, होमलेस सेल्टरमा काम गर्नेहरु र आउटरिच कामदारहरु, आपतकालिन मर्मतमा खट्ने युटिलिटी कामदारहरुलाई छुट दिइएको छ ।

फार्मेसी, ग्रोसरी स्टोर, खाना तथा बेभरेज स्टोर, कन्भिनियन्स स्टोर, ग्यास स्टेशन, लण्ड्री, होटल, रेष्टुरेण्ट, बार र हार्डवेयर स्टोरमा काम गर्नेहरु, औषधी उपचार वा औषधीका सामाग्री किन्न निस्केकाहरु, कार्यस्थलबाट कामदारलाई लिन लैजाने प्रयोग हुने गाडीहरुलाई पनि छुट दिइएको छ ।

त्यो बाहेक अरु सबैलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com