नेपालमा थपिए २८३ संक्रमित, पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु
प्रकाशित मिति : माघ १४, २०७७ बुधबार
❒ नेपालमा कुल कोरोना संक्रमित २ लाख ७० हजार ३७५ पुगे
❒ पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमणमुक्त, हालसम्म २ लाख ६५ हजार ६९ संक्रमणमुक्त
❒ थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या दुई हजार २० पुग्यो
❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २८३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६५ हजार ६९ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २० पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेको छ ।