२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
कोभिड १९ अपडेट

नेपालमा थपिए ३०३ संक्रमित, ६ जनाको मृत्यु

नेपालमा कोरोना महामारी दर्शाउने अतिस महतको स्केच ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६४ हजार ८२३ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार १७ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ । ( नोट : यो समाचार अपडेटको क्रममा छ । )