मिसिगनमा पर्यो एक बिलियन डलरको मेगा मिलियन
प्रकाशित मिति : माघ १०, २०७७ शनिबार
अन्तत शुक्रबार राती खोलिएको एक बिलियनको मेगा मिलियन लोटरी मिसिगनमा परेको छ । शुक्रबार राती खोलिएको मेगा मिलियनमा जित्ने टिकट नम्बर ४, २६, ४२, ५०, ६० रहेको थियो भने मेगा बल नम्बर २४ रहेको थियो ।
यो अमेरिकाको लोटरीकै इतिहासमा यो तेश्रो ठूलो लोटरी र मेगा मिलियनको इतिहासमा दोश्रो ठूलो लोटरी हो । एकमुष्ठ लिन चाहेको खण्डमा विजेताले झण्डै ७४० मिलियन डलर प्राप्त गर्नेछन् ।
मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।
त्यस्तै गत बुधबार राती खोलिएको ७३० मिलियन डलरको पावरबल लोटरी मेरिल्याण्डमा परेको थियो । मेरिल्याण्डको एलेगेनी काउन्टीमा उक्त टिकट बिक्रि भएको थियो ।
यो पावरबलको इतिहासमा चौथो ठूलो र अमेरिकाको लोटरीको इतिहासमा पाँचौं ठूलो ज्याकपट थियो । विजेताले तीसबर्षसम्म किस्तामा रकम प्राप्त गर्न सक्नेछन् । एकमुष्ठ लिन चाहेमा भने झण्डै ५४६ मिलियन डलर प्राप्त गर्नेछन् । तर त्यसमा संघीय कर पनि तिर्नुपर्छ ।
पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।
पावरबल लोटरी बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । यो टिकटको मूल्य पनि २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।





