परिवार र विजनेशलाई आर्थिक राहत सम्बन्धि कार्यकारी आदेश जारी गर्दै बाइडेन


प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार

❒ कार्यभार सम्हालेको तेश्रो दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकन परिवार र विजनेशलाई आर्थिक राहत उपलब्ध गराउने कार्यकारी आदेश जारी गर्ने 

❒ संघीय पोषण कार्यक्रमहरुको अवधि र रकम बढाउनका लागि कृषि मन्त्रालयलाई भनिने, फुड स्ट्याम्प लगायतका सुविधाको अवधि र रकम बढाउने

❒ काम गर्ने स्थान असुरक्षित भएको खण्डमा काम अस्वीकार गरेर बेरोजगार बीमा रकम प्राप्त गर्नसकिने कुरालाई सुनिश्चित गरिने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

आज कार्यभार सम्हालेको तेश्रो दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकन परिवार र विजनेशलाई आर्थिक राहत उपलब्ध गराउने कार्यकारी आदेश जारी गर्ने भएका छन् । राष्ट्रपति बाइडेनले जातीय असमानतालाई सम्बोधन गर्नेगरी कोरोना महामारीका कारण समस्यामा परेका अमेरिकी परिवार र विजनेशलाई आर्थिक राहत दिन नयाँ कार्यकारी कदम चाल्ने भएका हुन् ।

कोरोना महामारीका कारण अमेरिकी अर्थतन्त्र संकटमा परेको छ भने लाखौं अमेरिकनहरु बेरोजगार भएका छन् । ठूलो संख्यामा अमेरिकनहरुलाई भाडा तिर्नमा समस्या भएको छ भने खाद्य सुरक्षा संकट समेत उत्पन्न भएको छ । यो संकटको मारमा सबैभन्दा धेरै अश्वेत, विविध समुदाय परेको छ भने सिमान्तकृत परिवारहरु परेका छन् ।

बाइडेनले काम गर्ने परिवारहरु, समुदाय र देशभरका साना विजनेशहरुलाई समान आपतकालिन आर्थिक राहत उपलब्ध गराउन नयाँ कार्यक्रमको सुरुवात गर्ने कार्यकारी आदेश समेत जारी गर्दैछन् । उक्त कार्यक्रम अन्तरगत संघीय पोषण कार्यक्रमहरुको अवधि बढाउनका लागि कृषि मन्त्रालयलाई भनिनेछ । जसले खासगरी फुड स्ट्याम्प लगायतका सुविधाको अवधि बढाउनेछ । कार्यकारी आदेशमार्फत बाइडेनले फुड स्ट्याम्प लगायतका खाद्यय सहायता कार्यक्रमको रकम १५ प्रतिशत बढाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै कार्यकारी आदेशले विद्यालयहरु बन्द भएको अवस्थामा बालबालिकाहरुले विद्यालयबाट उपलब्ध हुने निशुल्क खानाहरु प्राप्त गर्न नसकेको अवस्थामा बालबालिकाहरुका लागि महामारी ईबीटीको रकम १५ प्रतिशत बढाउने र तत्कालका लागि तीन वा त्यो भन्दा बढी बच्चाहरु भएको परिवारमा हरेक दुईमहिनामा अतिरिक्त १ सय डलर सहायता प्रदान गर्नेछ ।

त्यस्तै पाउनुपर्ने आर्थिक सहायता प्राप्त नगरेका ८० लाखलाई प्रत्यक्ष भुक्तानीको उचित र प्रभावकारी डेलिभरी सुनिश्चित गर्न ट्रेजरी डिपार्टमेन्टलाई भनिनेछ । २० लाख भेट्रानहरुको आर्थिक अवस्थामा सहयोग गर्न संघीय सरकारलाई गर्नुपर्ने पेमेन्ट र ऋण भुक्तानी स्थगित गर्न डिपार्टमेन्ट अफ भेट्रान अफेयर्सलाई भनिनेछ ।

बेरोजगार अमेरिकीहरूले आफ्नो बिल तिर्न असुरक्षित स्थानमा काम गर्ने वा आफ्नो परिवारलाई सुरक्षित राख्ने बीचमा छनौट गर्नुपर्ने अवस्थालाई पनि कार्यकारी आदेशले सम्बोधन गर्नेछ । काम गर्ने स्थान असुरक्षित भएको खण्डमा काम अस्वीकार गरेर बेरोजगार बीमा रकम प्राप्त गर्नसकिने कुरालाई सुनिश्चित गरिनेछ ।

कार्यकारी आदेशले सुविधा समन्वयका लागि एजेन्सीहरुबीच संरचना स्थापना गरेर सरकारी सहायताको प्रभावकारी र न्यायसंगत वितरण सुनिश्चित गर्नेछ । राष्ट्रपतिले संसदसँग मिलेर दीर्घकालिन समाधान खोज्ने भएतापनि तत्कालका लागि कार्यकारी आदेशमार्फत लाखौं अमेरिकनलाई राहतका लागि आपतकालिन मापदण्डहरु ल्याउन लागेको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपतिको कार्यभार सम्हालेको दोश्रो दिन बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । कोरोना महामारीको सामना गर्ने सम्बन्धमा बाइडेनले ती कार्यकारी आदेशहरु जारी गरेका हुन् ।

बाइडेनले दोश्रो दिन कोरोनाबिरुद्धको भ्याक्सिन उत्पादन र वितरण सहज बनाउने लगायतका कैयन कार्यकारी आदेशमा हस्ताक्षर गरे । भ्याक्सिन वितरण तीब्र बनाउने, परीक्षणहरु बढाउने, अत्यावश्यक सामाग्रीहरुको उत्पादन बढाउन संकटकालिन कानून सकृय बनाउने लगायतका कार्यकारी आदेशमा बाइडेनले हस्ताक्षर गरेका थिए ।

बाइडेनले कोरोना महामारीको सामना गर्न युद्धको बेला उठाउने कदमहरु समेत उठाएका छन् । कोरोनाको महामारीका कारण दोश्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरुभन्दा धेरै अमेरिकनको मृत्यु भइसकेकाले युद्धकालिन कदम उठाउनुपरेको बाइडेनले बताएका छन् ।

बाइडेन बिलका १२ प्रावधान : कागजपत्रविहिनलाई ग्रिनकार्ड, डिभीको संख्या बृद्धि, एसाइलम डेडलाइन समाप्ती

भ्याक्सिन वितरण, विद्यालयहरु सुरक्षित तरिकाले खोल्ने र महामारीको सामना गर्ने योजनाहरुसहित बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । बाइडेनको कार्यकारी आदेशमा भ्याक्सिन वितरण केन्द्रहरुको संख्या बढाउनुका साथै संघीय सामुदायिक भ्याक्सिन वितरण केन्द्रहरु खोल्ने सम्मका योजनाहरु रहेका छन् ।

डिफेन्स प्रोडक्सन ऐन लगाएर भ्याक्सिन उत्पादनको काम बढाउनेदेखि धेरैभन्दा धेरैलाई भ्याक्सिन वितरणका लागि विभिन्न योजनाहरु बनाउने कदम बाइडेनले चालेका छन् । यो ऐन लगाएर भ्याक्सिन उत्पादनका लागि आवश्यक पर्ने अत्वाश्यक सामाग्रीहरुको उत्पादनमा तीब्रता दिइने भएको छ ।

बाइडेनले आफ्नो कार्यकालको सुरुको एकसयदिनमा १ सय मिलियनलाई भ्याक्सिन वितरण गर्ने योजना बनाएका छन् । राज्य र स्थानीय स्तरमा महामारीको सामना गर्न थप रकम उपलब्ध गराइने भएको छ ।

बाइडेनका १७ कदममा ५ अध्यागमनबारे: यात्रा प्रतिबन्ध खारेज, अध्यागमन कारवाहीमा रोक

बाइडेनको कार्यकारी आदेश अनुशार अमेरिका आउने यात्रुहरुको आउनु अगाडि कोरोनो नेगेटिभ रिपोर्ट अनिवार्य हुनेछ भने अमेरिका आइसकेपछि १४ दिन सेल्फ क्वारेन्टीनमा बस्नुपर्नेछ ।

आफ्नो कार्यकालको पहिलो दिन १५ वटा कार्यकारी आदेश र दुईवटा महत्वपूर्ण कदममा बाइडेनले हस्ताक्षर गरेका थिए । पहिलो दिन बाइडेनले ट्रम्पकालिन कैयन नीतिहरु उल्टाउने आदेशमा समेत हस्ताक्षर गरेका थिए ।

 दोश्रो दिन बाइडेनले हस्ताक्षर गरेका १० वटा कार्यकारी आदेशहरु, पूर्ण पाठसहित

घरेलु र अन्तर्राष्ट्रिय यात्रामा कोभिड १९ बाट सुरक्षालाई बढावा दिने कार्यकारी आदेश

कोरोनाको उपचारमा पहुँच सुधार र विस्तारबारे कार्यकारी आदेश

कोरोना र भविष्यमा आउनसक्ने स्वास्थ्य खतरा सम्बन्धमा डेटा संचालित प्रतिक्रिया सुनिश्चित गर्न कार्यकारी आदेश

कोरोनाबिरुद्ध गभर्नरबाट नेशनल गार्ड परिचालनमा संघीय सहायता विस्तार गर्ने मेमो

एक स्थायी सार्वजनिक स्वास्थ्य आपूर्ति श्रृंखलामा कार्यकारी आदेश

महामारीबिरुद्धको न्यायसंगत प्रतिक्रिया र रिकभरी सुनिश्चित गर्न कार्यकारी आदेश

विद्यालयहरू र प्रारम्भिक बाल्यशिक्षा पुन: खोल्न र कार्य सञ्चालनलाई समर्थन गर्न कार्यकारी आदेश

कामदारको स्वास्थ्य, सुरक्षा संरक्षणको कार्यकारी आदेश

कोरोना महामारीबिरुद्धको अन्तर्राष्ट्रिय कदममा अमेरिकाको विश्वब्यापी नेतृत्व सुदृढ गर्न राष्ट्रिय सुरक्षा निर्देशन

कोरोना महामारी परीक्षण बोर्डको स्थापना र कोरोना तथा अन्य जैविक खतराबिरुद्ध एक दिगो सार्वजनिक स्वास्थ्य कार्यबलको सुनिश्चितताका लागि कार्यकारी आदेश

Biden Signs 15 Executive Actions And 2 Agency Actions, See The Full List

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com