बाइडेनबाट तीनवटा कार्यकारी आदेश जारी, कुल १७ आदेशमा हस्ताक्षर गर्दै


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारी, जलवायु परिवर्तन र आर्थिक सहायता सम्बन्धि तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बेलुकासम्म बाइडेनले १७ वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ ।

बाइडेन संघीय भवन र भूभागहरुमा मास्क अनिवार्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् भने एउटा राज्यबाट अर्को राज्यमा यात्रा गर्दा पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । त्यस्तै बाइडेनले हस्ताक्षर गरेको अर्को कार्यकारी आदेश कम सुविधा पाइरहेको समुदायका लागि सहयोग बढाउने सन्दर्भको रहेको छ भने अर्को कार्यकारी आदेश पेरिस जलवायु सम्झौतामा पुन समावेश हुने रहेको छ ।

बाइडेनले अमेरिका पुन पेरिस सम्झौतामा संलग्न हुने सुचना राष्ट्रसंघ समक्ष पठाएका छन् । विश्वब्यापी तापमान बृद्धिलाई नियन्त्रण गर्ने यो सम्झौतामा सन् २०१५ मा हस्ताक्षर गरिएको थियो तर ट्रम्पले यो सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले आज १७ वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ । आजै बाइडेनले कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिल पारित गराउनका लागि संसदसमक्ष पठाउने अपेक्षा गरिएको छ भने त्योबाहेक अन्य कैयन बिलका लागि समेत बाइडेनले समर्थन जनाउने अपेक्षा गरिएको छ ।

आजै बाइडेनले संघीय विद्यार्थी ऋण भएका अमेरिकन विद्यार्थीको ऋण पेमेन्ट र ब्याज स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्नेछन् ।
डोनाल्ड ट्रम्पले विभिन्न मुस्लिम बाहुल्य देशहरुमाथि लगाएको प्रतिबन्ध पनि आजै बाइडेनले हटाउने जनाइएको छ । साथै देशब्यापी रुपमा घरनिकालामा र घर लिलामीमा रोकलाई थप गर्ने जनाइएको छ ।

बाइडेनका १७ कदममा ५ अध्यागमनबारे: यात्रा प्रतिबन्ध खारेज, अध्यागमन कारवाहीमा रोक

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com