नेपालमा थपिए ३४८ संक्रमित, पछिल्लो चौबीस घण्टामा ४ जनाको मृत्यु
प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार
❒ नेपालमा कुल कोरोना संक्रमित २ लाख ६७ हजार ९९२ पुगे, हाल सक्रिय संक्रमितको संख्या ३ हजार ७६४
❒ पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना संक्रमणमुक्त, हालसम्म २ लाख ६२ हजार २५९ संक्रमणमुक्त
❒ थप ४ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ६९ पुग्यो
❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६२ हजार २५९ संक्रमणमुक्त भएका छन् । कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ६९ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ ।