टेक्सास दुर्घटनामा मृत्यु हुने नेपाली महिला अनिता अधिकारी, सहयोग संकलन गरिदै


प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार

❒ टेक्सासमा भएको दुर्घटनामा मृत्यु हुने नेपाली महिला अनिता अधिकारी, अधिकारीको दाहसंस्कार र परिवारको अमेरिका आउन सहयोगका लागि आर्थिक संकलन

❒ दुईवटा गाडी एक आपसमा ठोक्किदा दुर्घटना, बाटोको मध्यभागमा दुर्घटना, दुर्घटनापछि आगलागी

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

टेक्सासमा भएको दुर्घटनामा मृत्यु हुने नेपाली महिला अनिता अधिकारी भएको पुष्टी भएको छ । अधिकारीको दाहसंस्कार र परिवारको अमेरिका आउन सहयोगका लागि आर्थिक संकलन सुरु गरिएको छ ।

सहयोगका लागि यहाँ क्लीक गर्नुहोला ।

परिवाससँग विगत ५ बर्षदेखि भेटघाट नभएको र दाहसंस्कारका लागि परिवार अमेरिका आउनका लागि सहयोग आवश्यक भएको गोफण्डमीमा जनाइएको छ । गतसाता भएको कार दुर्घटनामा अधिकारीको निधन भएको थियो । चालक ४९ बर्षका विष्णुप्रसाद पौडेल घाइते भएका थिए ।

दुईवटा गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । अर्को गाडीमा रहेका ४५ बर्षका थाओ ली नामका व्यक्ति पनि घाइते भएका थिए ।

दुईवटा गाडीहरु एक आपसमा ठोकिदा आगो लागेको थियो । बाटोको मध्यभागमा दुर्घटना भएको थियो । सान एन्जेलोदेखि ८ माइल उत्तर युएस हाइवे २७७ मा दुर्घटना भएको थियो ।

नेपालीहरु चढेको गाडी दक्षिणतर्फ गइरहेको र अर्को गाडी उत्तरतर्फ आइरहेको थियो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com