अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनका एकमहिना, १ करोड बढीले पाए भ्याक्सिन


प्रकाशित मिति : पुस २९, २०७७ बुधबार

न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै ल्याब टेक्निसियन रायन लाम्गादे ।

डिसेम्बर १४ यता अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्नेको संख्या एककरोड बढी, २ करोड ९३ लाख भन्दा बढी डोज डेलिभर

न्युयोर्क राज्यमा झण्डै १८ लाख भ्याक्सिनका डोजहरु डेलिभर, झण्डै साढे ६ लाखलाई भ्याक्सिनको पहिलो डोज प्राप्त

न्युयोर्क सिटीभित्र ८ लाख डोजहरुमात्र डेलिभर,  पहिलो डोज लगाउनेहरु जम्मा २ लाख ३७ हजार, दोश्रो डोज समेत पाउनेहरु झण्डै ३० हजार

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

अमेरिकामा गत डिसेम्बर १४ बाट कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन सुरुवात गरिएको थियो । जनवरी १४ मा भ्याक्सिन लगाउन सुरु गरेको एकमहिना पुग्दैछ । यो अवधिमा कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्नेको संख्या एककरोड नाघेको छ ।

जनवरी १३ विहान ९ बजेसम्मको सीडीसीको तथ्यांक अनुशार अहिलेसम्म अमेरिकामा १ करोड २ लाख ७८ हजार ४ सय ६२ ले कोरानाबिरुद्धको भ्याक्सिनको पहिलो डोज प्राप्त गरिसकेका छन् । अमेरिकाभर २ करोड ९३ लाख भन्दा बढी डोज डेलिभर भइसकेको छ । आजविहान सम्मको तथ्यांक अनुशार २ करोड ९३ लाख ८० हजार १ सय २५ डोज भ्याक्सिन डेभिभर भइसकेको छ ।

न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह

न्युयोर्कमा झण्डै १८ लाख भ्याक्सिनका डोजहरु डेलिभर गरिएको छ भने झण्डै साढे ६ लाखले भ्याक्सिनको पहिलो डोज प्राप्त गरिसकेका छन् । भ्याक्सिन प्राप्त गर्ने नेपाली र नेपाली अमेरिकनहरुको संख्या पनि उल्लेख्य रहेको छ । न्युयोर्कमा ६५ बर्ष माथिका र ग्रोसरी स्टोरमा काम गर्नेहरुका लागि पनि भ्याक्सिन वितरण सुरु भइसकेको छ ।

जनवरीभरमा न्युयोर्क सिटीमा बस्ने १० लाखलाई कोरोनाबिरुद्धको भ्याक्सिन दिइने मेयर बिल डे ब्लाजिओले बताएका छन् । तर यो लक्ष्य पूरा हुनेमा भने आशंका रहेको छ । किनभने अहिलेसम्म न्युयोर्क सिटीभित्र ८ लाख डोजहरुमात्र डेलिभर गरिएको छ भने पहिलो डोज लगाउनेहरु जम्मा २ लाख ३७ हजारमात्र रहेका छन् । न्युयोर्कमा दोश्रो समेत डोज पाउनेहरु झण्डै ३० हजार छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युजर्सीमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै डाक्टर विष्णुमाया परियार

न्युयोर्क सिटीको जनसंख्या झण्डै ८० लाख रहेको छ । झण्डै साढे ५ लाखमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

अमेरिकामा मार्चसम्म ३ सय मिलियन डोज उपलब्ध गराइने भएको छ । अमेरिकाले फाइजरका थप १ सय मिलियन डोज किन्ने सहमति गरेको छ । जस अन्तरगत जुनसम्म ७० मिलियन र जुलाईमा बाँकी भ्याक्सिनका डोजहरु फाइजरले प्रदान गर्नेछ ।

अमेरिकाले फाइजर र मोडेर्नाका ४ सय मिलियन डोज भ्याक्सिन प्राप्त गर्नेछ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजका अनुशार अमेरिकी सरकारसँग थप ४ सय मिलियन भ्याक्सिनका डोजहरु किन्नसक्ने विकल्प समेत रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com