ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा प्रतिनिधिसभामा बुधबार मतदान


प्रकाशित मिति : पुस २७, २०७७ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा संसदको तल्लो सदन प्रतिनिधिसभामा बुधबार मतदान हुने भएको छ । महाअभियोग प्रस्तावबारेको छलफल र मतदानका लागि बुधबार विहान ९ बजे प्रतिनिधिसभाको बैठक बस्ने जनाइएको छ ।

ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावको पाठ आज सार्वजनिक गरिसकिएको छ । विद्रोहका लागि उत्तेजना फैलाएको अभियोगसहितको महाअभियोग प्रस्तावको पूर्ण पाठ सार्वजनिक गरिएको हो ।

महाअभियोग प्रस्तावको पूर्ण पाठ

ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालमा दोश्रोपटक महाअभियोग प्रस्ताव ल्याइएको छ । बुधबार यसको प्रकृया अगाडि बढाउने क्रममा क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संसोधन लगाएर ह्वाइटहाउसबाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आव्हान गर्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश गरिएको थियो । तर वेष्ट भर्जिर्नियाका रिपब्लिकन सांसदले आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक सुरु भएको १० मिनेटमा नै स्थगित भएको थियो ।

११ बजेर १ सेकेण्ड जाँदा सुरु भएको बैठक ११ बजेर १० मिनेट ५९ सेकेण्ड जाँदा स्थगित गरिएको थियो । आज स्पीकर न्यान्सी पेलोसीको अनुपस्थीतिमा स्पीकरको काम गर्नका लागि डेबी डिंगललाई तोकिएको थियो ।

राष्ट्रपति काम गर्न अक्षम भएको अवस्थामा उपराष्ट्रपतिले क्याबिनेटको बैठक बोलाएर बहुमतको निर्णयलाई राष्ट्रपतिलाई हटाउन सक्ने प्रावधान २५ औं संसोधनमा रहेको छ । जसको प्रयोग गरेर ट्रम्पलाई हटाउन पेन्सलाई आग्रह गर्नेहरुको संख्या बढिरहँदा प्रतिनिधिसभामा यो प्रस्ताव पेश गरिएको थियो ।

प्रस्तावको पूर्ण पाठ

आजको बैठकमा यो प्रस्ताव निर्विरोध पारित गराउनका लागि पेश गरिएको थियो । कुनै पनि सांसदले असहमति जनाएको खण्डमा निर्विरोध पारित हुन नसक्ने भएकाले रिपब्लिकन सांसदको आपत्तिपछि आजको प्रकृया समाप्त भएको हो । अब प्रतिनिधिसभाको बैठक भोलि विहान ९ बजे बस्ने भएको छ । भोलि बेलुका यो प्रस्तावमा पनि मतदान हुने अपेक्षा गरिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com