अमेरिकामा ४२ लाख बढीलाई भ्याक्सिन, दैनिक १० लाखलाई दिन फाउचीको जोड


प्रकाशित मिति : पुस २०, २०७७ सोमबार

अमेरिकामा ४२ लाख भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज लगाइसकेको अमेरिकन सीडीसीले जनाएको छ । भ्याक्सिन लगाउनेहरुको अन्तिम संख्या गणना भइरहेकाले यो संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ । अहिलेम्म १ करोड ३० लाख ७१ हजार ९ सय २५ डोज भ्याक्सिन डेलिभर भइसकेको सीडीसीले जनाएको छ ।

विज्ञहरुले भ्याक्सिन लगाउने कामलाई तीब्रता दिन सुझाव दिएका छन् । अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकाले हरेक दिन १० लाखलाई भ्याक्सिन लगाउनुपर्ने बताएका छन् ।

फाउचीले अहिलेको भ्याक्सिन लगाउने दर दोब्बर बनाउन भनेका छन् । डिसेम्बरभित्रमा २० मिलियन डोज डेलिभर हुने बताइएपनि लक्ष्य अनुशार काम भएको छैन । ट्रम्प प्रशासनले डिसेम्बरभित्र २० मिलियनलाई भ्याक्सिनको पहिलो डोज प्राप्त हुने बताएकोमा उक्त लक्ष्य एक चौथाई पनि पूरा भएको छैन ।

दीर्घकालिन हेरचाह केन्द्रमा २२ लाख डोज भ्याक्सिन पुगिसकेको छ भने २ लाख ८२ हजारलाई पहिलो डोज दिइसकिएको छ । अमेरिकामा ५० वटै राज्य र भूभागहरुमा भ्याक्सिन वितरण भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा झण्डै ८ लाख भ्याक्सिनका डोजहरु डेलिभर गरिएको छ भने झण्डै साढे २ लाखलाई पहिलो डोज दिइसकिएको छ । टेक्सासमा झण्डै १० लाख डोज डेलिभर भइसकेको छ भने झण्डै साढे २ लाखलाई पहिलो डोज दिइसकिएको छ ।

अमेरिकामा डिसेम्बर १४ बाट फाइजरको र डिसेम्बर २१ बाट मोडेर्नाको भ्याक्सिन वितरण सुरु गरिएको हो । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि पदावधि सकिदै गरेका उपराष्ट्रपति माइक पेन्स सम्मले भ्याक्सिन लगाइसकेका छन् ।

पहिलो चरणको पहिलो उपचरणमा अमेरिकामा फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मी र दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुलाई भ्याक्सिन दिइएको छ । यो उपचरणमा भ्याक्सिन पाउनेमा अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरुको संख्या पनि उल्लेख्य रहेको छ । उनीहरुलाई भ्याक्सिनको पहिलो डोज दिइएको हो ।

दोश्रो उपचरणमा भ्याक्सिन पाउनेहरुमा ७५ बर्ष र त्योभन्दा माथिका व्यक्ति तथा अग्रपंक्तिमा खटिने अत्यावश्यक कामदार रहेका छन् । त्यस्तै पहिलो चरणको तेश्रो उपचारणमा ६५ देखि ७५ बर्षसम्मकालाई भ्याक्सिन दिइने भएको छ । त्यस्तै १६ देखि ६४ बर्षसम्मका स्वास्थ्य समस्या भएकाहरु र अन्य अत्यावश्यक कामदारहरुलाई यो उपचरणमा राखिएको छ ।

अबको चरणमा भ्याक्सिन पाउनेहरु प्रहरी, अग्नीनियन्त्रक, शिक्षक, ग्रोसरी स्टोरमा काम गर्नेहरु, खाद्य र कृषि कामदारहरु, उत्पादन कामदारहरु, जेलमा काम गर्नेहरु, हुलाकमा काम गर्नेहरु र सार्वजनिक यातायातमा काम गर्नेहरु हुनेछन् । यो संख्या अमेरिकामा झण्डै ३० मिलियन रहेको छ ।

त्यसपछिको चरणमा भ्याक्सिन पाउनेहरुमा जनस्वास्थ्य कामदारहरु, यातायात र लजिस्टिकमा काम गर्नेहरु, खाद्य सेवामा काम गर्नेहरु, निर्माणमा काम गर्नेहरु, बित्त क्षेत्रमा काम गर्नेहरु, आईटी र संचारमा काम गर्नेहरु, उर्जामा काम गर्नेहरु, मिडियामा काम गर्नेहरु, कानुनी क्षेत्रमा काम गर्नेहरु, सार्वजनिक सुरक्षा इन्जिनियरहरु, पानीका क्षेत्रमा काम गर्नेहरु हुनेछन् ।

यो चरणमा भ्याक्सिन पाउने स्वास्थ्य समस्या भएकाहरुमा मोटोपन भएकाहरु, दोश्रो प्रकारको मधुमेह भएकाहरु, दीर्घकालिन पल्मोनरी रोग भएकाहरु, मुटु र मृगौलाका रोगीहरु, अंग प्रत्यारोपण गरेकाहरु, गर्भवती र धुमपानका अम्मलीहरु पर्नेछन् । यो संख्या अमेरिकामा झण्डै ५७ मिलियन रहेको छ ।

पहिलो चरणको दोश्रो उपचरण फरबरीभन्दा अगाडि भने सुरु हुने अपेक्षा गरिएको छैन ।

मार्चसम्म ३ सय मिलियन डोज उपलब्ध गराइने लक्ष्य भएपनि उक्त लक्ष्य पूरा हुनेमा भने आंशका रहेको छ । अमेरिकाले फाइजरका थप १ सय मिलियन डोज किन्ने सहमति गरेको छ । जुनसम्म ७० मिलियन र जुलाईमा बाँकी भ्याक्सिनका डोजहरु फाइजरले प्रदान गर्नेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com